जब माधव नेपालले प्रधानमन्त्री ओलीलाई संसद्‍मा देखेनन् « Khabarhub

जब माधव नेपालले प्रधानमन्त्री ओलीलाई संसद्‍मा देखेनन्

ओलीलाई सुझाए- विगतको गल्तीबारे आत्मालोचना गर्नू


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आफूले बोल्ने बेलामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद् बैठकमा नदेखेपछि नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल रिसाएका छन् ।

आइतबार प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि डाकिएको प्रतिनिधिसभाको बैठकलाई नेपालले सम्बोधन गरेका हुन्।

सम्बोधनको सुरुमै आफूले प्रधानमन्त्री ओलीलाई संसद्‍मा नदेखेपछि अरुको कुरा सुन्ने धैर्यता देखाउन नेपालले भने । ओलीले विगतका घटनामा आत्मसमीक्षा गर्नुपर्ने बताउँदै नेपालले तिनमा आत्मालोचना गर्नसमेत सुझाए ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले ओलीलाई बधाईसमेत दिए ।  ‘ओली अहिले संसद् हलबाट बेपत्ता हुनुभयो । उहाँको उपस्थिति यहाँ आवश्यक थियो । तर उहाँले अरूका बचन सुन्न आवश्यक नठान्नु भएको होला ? मेरा पनि धुनहरू कर्णप्रिय नै होलान्’, उनले भने ।

नेपालले ओलीको विगत सम्झाउँदै २०७८ असार २८ को बर्हिगमन सम्झिन भनेका छन् ।  ‘ओली जी तपाई हुन दिन सत्ताबाट आउट हुनुभएको थियो । त्यही दिन दिन इन हुनु भएको छ । बोलेको कुरा पुरा गर्नुभएन । जनता उत्साहित छैनन् । विगतबारे समीक्षा गर्न सामान्य अनुरोध गर्छु । नेतामा विश्वसनीयता र इमानदारता हुनुपर्छ । अहिलेसम्मको अनुभवबाट तपाईँले कस्तो शिक्षा लिनुभएको छ’, उनले भने ।

नेपालले दुईतिहाइको वाम सरकार ढालेको विषयमा पनि गम्भीर हुन ओ‌लीलाई भने । उनले भने, ‘बहुमतको सरकार किन टिकाउन सक्नु भएन ?’, यसको उत्तर आवश्यक छ ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ४ : १० बजे

नारायणघाट–बुटवल सडक : पूर्वी खण्डका पुल निर्माण सम्पन्न

नवलपरासी– सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट–बुटवल सडकखण्डको पूर्वी

एक महिना लामो स्वस्थानी व्रत समापन (तस्बिरहरू)

काठमाडौं– पौष शुक्ल पूर्णिमाका दिन सुरु भएको एक महिना लामो

सर्लाहीमा सवारी दुर्घटना : ६ महिनामा २९ जनाको मृत्यु

सर्लाही– सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको ६ महिनामा

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ– कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा लक्ष्यअनुसार

स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा प्रदेश अस्पताल पर्वत सङ्कटमा

पर्वत– लामो समयदेखि स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा पर्वतको एकमात्र