पुडासैनी मृत्यु प्रकरण: अदालतको आदेश लगत्तै भरतपुरमा झडप, ६ जना पक्राउ | Khabarhub Khabarhub

पुडासैनी मृत्यु प्रकरण: अदालतको आदेश लगत्तै भरतपुरमा झडप, ६ जना पक्राउ


३ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– पत्रकार शालिकराम पुडासैनी प्रकरणमा पक्राउ परेका रवि लामिछाने लगायत तीन जनालाई हिरासतमा राख्न म्याद थप गरेलगत्तै रविका समर्थकले भरतपुरमा प्रर्दशन गरेका छन् ।

भरतपुरको चौविसकोठीमा प्रदर्शनमा उत्रिएका प्रर्दशनकारी र प्रहरी विच झडप भएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

मंगलबार पत्रकार शालिकराम पुडासैनीको प्रकरणमा पक्राउ परेका तीनै जनालाई हिरासत मै राखेर अनुसन्धान गर्न पुनः पाँच दिनको म्याद थपिएको छ । जिल्ला अदालत चितवनका न्यायाधीश केशव अधिकारीको एकल इजालासले लामिछाने सहित तीन जनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलबार  ७ : २४ बजे

सूचनाको हकका लागि राष्ट्रिय महासंघ गण्डकीको अध्यक्षमा राजबहादुर गुरुङ

पोखरा– सूचनाको हकका लागि राष्ट्रिय महासंघ, गण्डकी प्रदेश समितिको अध्यक्षमा

ट्रम्पले हेगमा भने, ‘इरानमाथिको हमला हिरोशिमा र नागासाकीको जस्तै थियो

हेग- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अमेरिकी आक्रमणको तुलना दोस्रो

एमाले नेता थापा भन्छन् : पार्टीमा समस्या छैन, जनताको विश्वास बढ्दै गएको छ

धनगढी– नेकपा एमालेका केन्द्रीय सदस्य तथा संगठन विभाग सदस्य लालबहादुर थापाले

अर्थतन्त्र चलायमान बनाउन महिलाको भूमिका महत्त्वपूर्ण : उपप्रधानमन्त्री सिंह

काठमाडौं– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशको अर्थतन्त्र चलायमान

अछामको बयलपाटा अस्पताललाई जापानको सहयोग

काठमाडौं– जापान सरकारले अछामको बयलपाटा अस्पताललाई विभिन्न चिकित्सा उपकरण हस्तान्तरण