पूर्वीनाकाबाट १९ अर्बको कृषिजन्य वस्तु निर्यात « Khabarhub

पूर्वीनाकाबाट १९ अर्बको कृषिजन्य वस्तु निर्यात


७ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


789
Shares
  • change font
  • change font
  • change font

झापापूर्वीनाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८०-८१ मा कृषिजन्य उपभोग्य एवम् औद्योगिक वस्तुको आयातभन्दा निर्यात बढी भएको छ । यसवर्ष यी वस्तुको व्यापारमा पूर्वीनाका नाफामा गएको हो ।

 प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी चन्द्रेश्वर यादवका अनुसार आर्थिक वर्ष २०८०-८१ मा रु १४ अर्ब ३४ करोड ५१ लाख ९५ हजारको विभिन्न कृषिजन्य वस्तु आयात भएको छ ।

सोही अवधिमा काँकडभिट्टा नाका भएर १८ अर्ब ९५ करोड ७८ लाख ८५ हजार मूल्य बराबरको वस्तु विदेश निर्यात भएको उनले जानकारी दिए। गत आवको आयातको तुलनामा आव २०८०-८१ मा रु चार अर्ब ६१ करोड २६ लाख ९० हजार मूल्य बराबरको कृषिजन्य वस्तु बढी निर्यात भएको हो ।

निर्यात भएका कृषिजन्य वस्तुमा तरकारी, फलफूल, बिरुवा, जडीबुटी, प्रशोधित सामग्री, औद्योगिक बाली, चिया, अम्रिसो, अलैँची, काठका हस्तकला सामग्री, मसला बाली, बिउविजनलगायत छन् । चिराइतो (जडीबुटी) बाहेक सम्पूर्ण वस्तु भारत निकासी हुने गरेको छ । चिराइतो भने भारत र बंगलादेश दुबै मुलुकमा निर्यात हुने गर्छ ।

आयात हुने कृषिजन्य वस्तुमा खाद्यान्न, दलहन, तेलहन, ताजा तरकारी, फलफूल, बोटबिरुवा, जडीबुटी, दाल, लसुन, आलु, ब्रानलगायत रहेको सूचना अधिकारी यादवले जानकारी दिए। काँकडभिट्टा नाका भएर आयात हुने खाद्य वस्तुमा मकै, फापर, कोदो रहेको छ । 

यस नाकाबाट उक्त अवधिमा जम्मा ९१ करोड ५६ लाख ८१ हजार मूल्य बराबरको खाद्य वस्तु आयात भएको छ । आयातित कृषिजन्य वस्तुमध्ये ताजा तरकारी र ताजा फलफूल धेरै छ । कार्यालयको तथ्यांक अनुसार चार अर्ब, ८७ करोड ६५ लाख १५ हजारको ताजा फलफूल चार अर्ब ५६ करोड २३ लाख ८० हजारको ताजा तरकारी एक वर्षमा आयात भएको छ ।

निर्यातको ठूलो अंश औद्योगिक बाली र मसाला बालीले ओगटेको छ । धेरै निर्यात हुने कृषिजन्य वस्तुको सूचीमा चिया, अम्रिसो, अदुवा र प्लाइउड भारत निर्यात हुने गरेको छ । भारतबाहेकका मुलुकमा निर्यात थोरै छ ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  १ : ४० बजे

सुनसरी १ बाट संसदीय चुनाव लड्ने हर्क साम्पाङको घोषणा

सुनसरी- श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष एवम् धरान उपमहानगरपालिकाका प्रमुख

भेनेजुएला विदेशी नियन्त्रणमा छैन : कार्यवाहक राष्ट्रपति रोड्रिगेज

एजेन्सी– भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले देश कुनै पनि विदेशी

सवारी साधनबाट हुने वायु प्रदूषण न्यूनीकरण गर्न सडकमै आकस्मिक चेकजाँच (तस्बिरहरू)

काठमाडौं– सवारी साधनबाट वायु प्रदूषणमा पर्ने असर घटाउन वातावरण विभागले

खोला-सडक मापदण्ड गैरन्यायिक भन्दै काठमाडौंमा मोटरसाइकल र्‍यालीसहित प्रदर्शन

काठमाडौं– गैर न्यायिक रुपमा खोला तथा सडक मापदण्ड निर्धारण गरिएको

गगनको गुनासो : कांग्रेसमा विश्वप्रकाश र मलाई हेपियो, अब चुप लागेर बस्दैनौँ

काठमाडौं- नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाले माघ ११ गते हुन