काठमाडौँ उपत्यकाका नदीमा जलसतह उच्च, सतर्कता अपनाउन आग्रह « Khabarhub

काठमाडौँ उपत्यकाका नदीमा जलसतह उच्च, सतर्कता अपनाउन आग्रह


८ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकाका नदीमा जलसतह बढेको जनाएको छ। महाशाखाका अनुसार गएराति काठमाडौँ उपत्यकाको सुन्दरीजल, कपन, नैकाप, बबरमहल र आसपासमा ठूलो वर्षा भएकाले नदीहरुको जलसतह बढेको हो ।

अहिले बागमती, विष्णुमती, धोबीखोलालगायतमा जलसतह सतर्कता तह आसपास छ भने बागमती नदीको खोकना जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको छ। यो अझै बढ्दो क्रममा रहेकाले बिहान ९ बजेसम्म उच्च सतर्कता अपनाउन तटीय क्षेत्रका बासिन्दालाई आग्रह गरिएको छ ।

महाशाखाले सिन्धुपाल्चोकको भोताङ, मानेखर्क, बाँसखर्क, बौनेपाटी, मेलम्ची घ्याङ, तार्के घ्याङ, ढुंगे, गोबरे, नवलपुर र दुवाचौर लगायत स्थानमा मध्यमदेखि ठूलो वर्षा भइरहेको जानकारी दिएको छ।

थप वर्षा हुनसक्ने सम्भावना रहेकाले उक्त क्षेत्र भएर बग्ने मेलम्ची, इन्द्रावती, बलेफी नदी र यसका सहायक नदीमा आकस्मिक बाढीको जोखिम छ। डुबान तथा पहिरोको जोखिम रहेकाले सावधानी अपनाउनसमेत महाशाखाले आग्रह गरेको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  ८ : १३ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग