उपसभामुख रानाले पैसा लिएको उजुरी आएको थियो : मुकुल ढकाल | Khabarhub Khabarhub

उपसभामुख रानाले पैसा लिएको उजुरी आएको थियो : मुकुल ढकाल


८ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री मुकुल ढकालले उपसभामुख इन्दिराले नेपालीलाई अमेरिका पठाउन आर्थिक लेनदेन गरेको आरोप लगाएका छन् ।

उपसभामुख रानाले पाँच नेपालीलाई अमेरिका लैजान दूतावासलाई पत्र लेखेको भन्ने विषय अहिले चर्चामा छ ।

यसै विषयमा आज सामाजिक सञ्जाल फेसबुकमार्फत ‘उपसभामुखको पत्र प्रकरणका बारेमा मेरो भनाइ’ भन्दै उनले आफूसँग त्यसको प्रमाणसमेत रहेको दाबी गरेका छन् । ढकालले एक वर्षअघि उपसभामुखको सचिवालयले अमेरिका पठाइदिने भन्दै पैसा लिएको उजुरी पार्टीमा आएको समेत बताएका छन् ।

 मुकुल लेख्छन्– ‘९ लाख रुपैयाँ उपसभामुखको सचिवालयले लिएको रहेछ र त्यसलाई फिर्ता गरेपछि पीडितले बयान दिन र थप सम्पर्कमा आउन इन्कार गरिन् । पीडितका अनुसार ९ लाख फिर्ता भएको बैङ्क स्टेटमेन्ट अझै पनि पीडितसँग सुरक्षित छ ।’

पार्टीभित्र महामन्त्रीको हैसियतले आफूले उक्त प्रकरणको अनुसन्धान गरिरहेको तर आफूलाई पार्टीबाट निकालिएपछि यो विषय अगाडि बढ्न नपाएको उनको दाबी छ। उनले यसमा पार्टी सभापति रवि लामिछानेको समेत मिलेमतो रहेको आरोप लगाएका छन् ।

उनले भनेका छन्, ‘हालसालै घटना सार्वजनिक भएपछि रवि लामिछाने क्लबले मिथ्या र भ्रम छर्न पार्टीको लेटरहेड दुरूपोयग गर्‍याेलेटरहेडमा आर्थिक लेनदेन नभएको भनेर किटान गरी विज्ञप्ति जारी गर्नु अघि तत्कालीन अवस्थामा अनुसन्धानको नेतृत्व गरिरहेका कारणले पनि मलाई के भएको हो भनेर सोधखोज गरिनुपर्थ्यो तर मलाई रवि लामिछाने क्लबले सामान्य सोधपुछ समेत गरेन । यसको मतलव क्लब विषयको गाम्भीर्यलाई सिधै नजरअन्दाज गरी पार्टीमा बेथितिको संरक्षणमा खडा भयो ।’

ढकालले उपसभामुख रानालाई तत्काल पदबाट राजीनामा दिएर आफूमाथि छानबिनका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेका छन् । उनले नैतिकताको खडेरी परेको नेपाली राजनीतिमा उदाहरण बन्न सुझाव दिएका छन् ।

उनले राज्यले अनुसन्धान गर्ने हो भने ती पाँच जनाकै वतन पत्ता लगाउनु ठूलो विषय नभएको बताए । उनले यस विषयमा आवश्यक परे सरकारले आफूसँग सोधपुछ गर्न सक्ने समेत बताएका छन् ।

उनले भनेका छन्– ‘राज्यले यस विषयमा अनुसन्धान गरोस् र अनुसन्धानका क्रममा राज्यका कुनै पनि निकायले के भएको थियो भनेर सोध्न मलाई अनुसन्धानमा बोलाए मसँग रहेका प्रमाण बुझाउन तयार छु, मलाई थाहा भएका सबै कुरा बताउन तयार छु।’

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  १० : २६ बजे

डेंगुको संक्रमण बढेसँगै देशभर रगतको कमी, रक्तदान गर्न रेडक्रसको आह्वान 

काठमाडौं – डेंगुको संक्रमण बढेसँगै देशभर रगतको कमी हुन थालेको

पाँचपोखरी महिला ट्रेल रेसमा निर्मला राई प्रथम

सिन्धुपाल्चोक– ‘पाँचपोखरी महिला ट्रेल रेस’मा खोटाङकी निर्मला राईले दुई घण्टा

सुनको मूल्य प्रति आउन्स दुई हजार ७०० अमेरिकी डलरभन्दा माथि

हङकङ– व्यापारीहरूले सुनलाई सुरक्षित सम्पत्तिको स्रोतको रूपमा लिएपछि एसियाली बजारमा

रविलाई पक्रने हल्लापछि रास्वपा नेता भन्छन्, ‘सत्ता साझेदार दल सभापति पक्रन एकमुख छन्’ 

काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की प्रहरीले पक्राउ गर्ने

सलमान खानलाई फेरि आयो ज्यान मार्ने धम्की

काठमाडौं– बाबा सिद्दिकीको हत्या भएको ६ दिनपछि अभिनेता सलमान खानलाई