भारतका एक करोड युवालाई एक वर्षसम्म इन्टर्नसिप गराइने, मासिक ५ हजार भत्ता | Khabarhub Khabarhub

भारतका एक करोड युवालाई एक वर्षसम्म इन्टर्नसिप गराइने, मासिक ५ हजार भत्ता


८ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- भारत सरकारले देशका एक करोड युवाहरूलाई आगामी ५ वर्षसम्म इन्टर्नसिपको योजना ल्याएको छ ।

बित्तमन्त्री निर्मला सीतारमणले मंगलबार बजेट भाषणका क्रममा देशका एक करोड युवाका लागि आगामी ५ वर्षसम्म ५०० वटा कम्पनीमा इन्टर्नसिपको अवसर दिइने घोषणा गरिन् ।

वित्त मन्त्री निर्मला सीतारमणले आफ्नो बजेट भाषणमा भनिन्, ‘सरकार एक करोड युवालाई आगामी ५ वर्षसम्म देशका शीर्ष ५०० कम्पनीमा इन्टर्नसिपको अवसर दिँदैछ । यो इन्टर्नसिप १२ महिनाको हुनेछ । यसमा युवालाई कारोबारको वास्तविक अवस्था जान्ने र अलग-अलग पेशाको चुनौतीसँग जुध्ने मौका मिल्नेछ । यस कार्यक्रमका क्रममा युवाहरूलाई मासिक ५ हजार भत्ता दिइने छ । यसका साथै एकमुष्ट ६ हजार रुपैयाँ पनि दिइनेछ । कम्पनीहरूले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्वअनुसार प्रशिक्षण खर्च र इन्टर्नसिपको १० प्रतिशत लगाउनुपर्ने छ ।’

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  १२ : ३२ बजे

बागतीमा जलसतह बढ्यो, सतर्कता अपनाउन आग्रह

काठमाडौं – काठमाडौंमा लगातारको वर्षापछि बागमती नदीमा जलसतह बढेको छ

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल भदौ ६ गते शुक्रबार। भाद्र

आज २०८२ साल भदौ ६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ६ गते शुक्रबार। भाद्र

उद्योगीलाई किन भू–सामन्त बनाउन खोज्दैछन् दल ?

काठमाडौँ – सामन्ती व्यवस्था अन्त्यका निम्ति भन्दै पटकपटक आन्दोलन र