भेनिस चलचित्र महोत्सवमा प्रदर्शन हुँदै ‘पूजा, सर’ « Khabarhub

भेनिस चलचित्र महोत्सवमा प्रदर्शन हुँदै ‘पूजा, सर’


९ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वकै पुरानो मानिने ‘भेनिस चलचित्र महोत्सव’ को ‘ओरिजोन्टी सेक्सन’ मा नेपाली चलचित्र ‘पूजा, सर’ छनोट भएको छ ।

छायाङ्कनको क्रममा ‘राजागञ्ज’ नाम राखिएको चलचित्रको नाम परिवर्तन गर्दै निर्देशक दीपक रौनियारले ‘पूजा, सर’ राखेका छन् । निर्देशक रौनियारले चलचित्रको छनोटको खबर पाएसँगै यसलाई सुखद् यात्राको आरम्भको रूपमा व्याख्या गरेका छन् ।

“अघिल्ला चलचित्र झै अन्तर्राष्ट्रिय चलचित्र महोत्सवबाट प्रदर्शनी (वल्र्ड प्रिमियर) प्ररम्भ हुँदैछ । यसपटक नेपाली निर्मातासँग सहकार्य गरेर बनाएको चलचित्रले विश्व चलचित्र मञ्चमा कस्तो यात्रा गर्ला ? यसको प्रतीक्षा मलाई पनि उत्तिकै छ”, उनले भने ।

यसअघि सन् २०१६ मा उनकै ‘ह्वाइट सन’ ले यही विधामा छनोट हुने पहिलो नेपाली चलचित्रको इतिहास रचेको थियो । गत वर्ष भने फिडेल देवकोटाले निर्देशन गर्नुभएको ‘द रेड सुटकेस’ छनोट भएको थियो ।

विश्व बजारमा प्रदर्शन गरिसकेपछि मात्रै नेपालमा प्रदर्शन गर्ने तयारी गरिएको चलचित्र ‘पूजा, सर’ लाई ‘थ्रिलर’ विधामा तयार गरिएको छ । जनकपुरमा छायाङ्कन गरिएको चलचित्रमा महिला प्रहरीको कथा समेटिएको छ ।

यसमा अभिनेत्री आशा मगराती, अभिनेता दयाहाङ राई, पूर्वमिस नेपाल निकिता चण्डक, आरती मण्डल, रिचा शर्मा, विजय बराल, गौमाया गुरूङ, नीरज श्रेष्ठ, पशुपति राईलगायतका कलाकारले अभिनय गरेका छन् ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  १० : ५५ बजे

कांग्रेस महाधिवेशन अब वैशाख २८ देखि ३१ सम्म, यस्तो छ कार्यतालिका

काठमाडौं- नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म

सरकारका प्रवक्ता भन्छन् : ऊर्जामन्त्री रास्वपामा प्रवेश गरेको सरकारलाई थाहा छैन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ऊर्जामन्त्री कुलमान घिसिङ

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक छ : मुख्यमन्त्री कँडेल

काँक्रेविहार– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय

एमालेपछि कांग्रेस पनि पुरानै नेतृत्व लिएर चुनावतिर, महाधिवेशन आगामी वैशाख अन्तिमसम् धकेलियो

काठमाडौं- नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशन फेरि एक पटक सरेको छ। नयाँ

कांग्रेस महाधिवेशन अब वैशाख २८-३१ मा गर्न प्रस्ताव, कार्यसमितिको अवधि जेठसम्म लम्ब्याउने तयारी

काठमाडौं- नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म