साताको अन्तिम नेप्से ३२ अंकले बढ्यो, कारोबार १४ अर्ब बढी  « Khabarhub

साताको अन्तिम नेप्से ३२ अंकले बढ्यो, कारोबार १४ अर्ब बढी 


१० श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं साताको अन्तिम नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३२ अंकले बढेको छ । आज बिहीबार नेप्से १.२६ प्रतिशतले बढेर २५६८.११ विन्दुमा पुगेको छ । 

आज नेप्से बढेसँगै कारोबार रकम भने केही घटेको छ । बुधबारको तुलनामा २ अर्ब रुपैयाँ बराबरको कारोबार घटेको हो । हिजो बुधबार १६ अर्ब रुपैयाँको कारोबार हुँदा आज १४ अर्ब १३ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको हो। 

आज नेप्से ३२ अंकले बढ्दा पनि विकास बैंक समूह, हाइड्रो समूह, लगानी समूह र अन्य समूह भने घटेको छ । आज सबैभन्दा बढी विकास बैंक समूह १७.९५ अंकले घटेर ५०४५.७९ विन्दुमा पुगेको छ । सबैभन्दा कम लगानी समूह ०.६८ अंकले घटेर ९२.१९ विन्दुमा पुगेको छ । 

समूहमा सबैभन्दा बढी लघुवित्त समूह बढेको छ । लघुवित्त समूह आज एकै दिन ३५६.२३ अंकले बढेर ५५७१.५४ विन्दुमा पुगेको छ । आज सबैभन्दा कम म्युचुअल फण्ड ०.१४ अंकले बढेर २१.२३ विन्दुमा पुगेको छ । 

आज ३२० कम्पनीको शेयर कारोबार हुँदा १४३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ९६ वटा कम्पनीको शेयर मूल्य बढेको छ । ३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

आज दोहोरो अंकले नेप्से बढ्दा ३ करोड ५५ लाख ९४ हजार ८६८ कित्ता शेयर १ लाख ५९ हजार ७५७ पटक किनबेच भएको छ । आज १४ वटा कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहीबार  ३ : २७ बजे

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी