नेपाली श्रमिकको गुनासा सुन्न साउदीमा ‘हेल्प डेस्क’ स्थापना « Khabarhub

नेपाली श्रमिकको गुनासा सुन्न साउदीमा ‘हेल्प डेस्क’ स्थापना


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

साउदी– रोजगारीका लागि साउदी पुगेका नेपाली श्रमिकको समस्या समाधान गर्न साउदी रियादस्थित नेपाली दूतावासले ‍ सहायता कक्ष सञ्चालनमा ल्याएको छ ।

पछिल्लो समय रोजगारीका लागि साउदी पुगेका महिला कामर समस्यामा पर्ने क्रम बढदै गएपछि दूतावास डेष्क सञ्चालनमा ल्याएको जानकारी दिएको छ ।

रोजगारीको शिलशिलामा साउदी अरबका विभिन्न शहरका पुगेका नेपाली महिलाहरुले रोजगारीसँग सम्बन्धित विभिन्न समस्या भोगीरहेको एक जना गुनासो सुन्ने अधिकारीसहित सहयोग डेष्क राखिको दूतावासले जनाएको छ ।

विषेशगरि ‘सप्लाई’ र ‘कन्ट्राक्टिङ’ कम्पनीमा गएका महिला कामदार बढी समस्यामा परेपछि दूतावासले त्यस्ता कामका लागि मागपत्र प्रमाणीकरण गर्ने काम केही समययता बन्द गरेको छ ।

साउदी रोजगारीका लागि पुगेका नेपाली महिलाहरुले आवासमा न्यूनतम मानवीय सुविधापनि नभएको, करारपत्रमा तोकिएको तलव नपाएको, बिमा नगरेको, मागपत्रभन्दा बाहिर गएर तीन वर्षको करार गराउने गरेको, महिलासम्बन्धी रोगको औषधी उपचार पनि समयमा नपाएको जस्ता समस्या भोगि रहेको गुनासो दूतावासमा आउने गरेको दूतावासका द्वितीय सचिव तारा गौतमले जानकारी दिएका छन् । दूतावासले गुनासो सुन्ने सुन्ने जिम्मेवारी गौतमलाई दिइएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  ११ : ५१ बजे

दुई पालिका जोड्ने निर्माणाधीन पुललाई दुई करोड बजेट

तनहुँ– तनहुँका दुई पालिका जोड्ने निर्माणाधीन मोटरवेल पुलका लागि गण्डकी

फरार दुई प्रतिवादी पक्राउ

कञ्चनपुर– कञ्चनपुर प्रहरीले विभिन्न मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई

मनसुनी वायुको प्रभाव कायमै, विभिन्न भूभागमा वर्षा

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशभर

बदलिँदो युगमा नेपालले पहिल्याउनुपर्ने अबको कूटनीतिक बाटो

हालै मैले बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले गत २२ देखि २६

हलमा रित्तिए नेपाली फिल्म : फ्लपको असर त होइन ?

काठमाडौँ- हलमा नेपाली फिल्म नील भएको छ । अघिल्ला निकट