विदेशी मुद्रा सटहीको सीमा बढ्यो  « Khabarhub

विदेशी मुद्रा सटहीको सीमा बढ्यो 


११ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सटहीको सीमालाई वृद्धि गरेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको लागि मौद्रिक नीतिमार्फत नयाँ व्यवस्था गर्दै विदेशी विनिमयमा भएको सीमालाई बढाएको हो ।

गभर्नर महाप्रसाद अधिकारीले विदेशी विनिमय व्यवस्थापन गर्न राहदानीमार्फत सटही हुने विदेशी मुद्राको सीमालाई सहजीकरण गर्ने घोषणा गरेका हुन् । ड्राफ्ट/टीटीको माध्यमबाट वस्तु आयात गर्दा उपलब्ध हुने सटही सुविधाको विद्यमान सीमा अमेरिकी डलर ३५ हजारबाट वृद्धि गरी अमेरिकी डलर ५० हजार कायम गरिएको छ ।

आयातका लागि ६० हजार डलर तोकिएको सीमा बढाएर १ लाख डलर पुर्याइएको छ भने नेपालमा खोलिएको परिवर्त्य खाताबाट भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको छ ।

सुन आयात र बिक्री वितरणसम्बन्धी विद्यमान व्यवस्थामा अध्ययन गर्ने र चाँदी आयातको वर्तमान अवस्थाबारे पुनरावलोकन गर्ने बताइएको छ ।

यस्तै, विप्रेषण आप्रवाह, भ्रमण, व्यापार लगायतका क्रियाकलापलाई थप सहज हुने गरी सटही गर्न सकिने विदेशी मुद्राहरूको विद्यमान सूची पुनरावलोकन गरिने राष्ट्र बैंकले घोषणा गरेको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  १ : ५२ बजे

गणपूरक संख्या नपुगेपछि सांसद पन्थीको प्रश्न : सदनमा नआउने, सरकारलाई मात्रै प्रश्न गर्ने ?

काठमाडौं । प्रतिनिधिसभामा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ निर्णयार्थ

चौरजहारीका मेयर वादीले पाए सफाइ

काठमाडौँ । रुकुम पश्चिमस्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख (मेयर) पुष्प

ह्युन्डाई नेपालद्वारा ‘मेड इन नेपाल भेन्यु र भेन्यु एन लाइन’ सार्वजनिक

काठमाडौँ । नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.

सुनसरी घटनाको छानबिन गर्न न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले सुनसरीको देवानगन्ज–कप्तानगन्जमा भएको घटनाको निष्पक्ष छानबिनका लागि