विदेशी मुद्रा सटहीको सीमा बढ्यो  | Khabarhub Khabarhub

विदेशी मुद्रा सटहीको सीमा बढ्यो 


११ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सटहीको सीमालाई वृद्धि गरेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको लागि मौद्रिक नीतिमार्फत नयाँ व्यवस्था गर्दै विदेशी विनिमयमा भएको सीमालाई बढाएको हो ।

गभर्नर महाप्रसाद अधिकारीले विदेशी विनिमय व्यवस्थापन गर्न राहदानीमार्फत सटही हुने विदेशी मुद्राको सीमालाई सहजीकरण गर्ने घोषणा गरेका हुन् । ड्राफ्ट/टीटीको माध्यमबाट वस्तु आयात गर्दा उपलब्ध हुने सटही सुविधाको विद्यमान सीमा अमेरिकी डलर ३५ हजारबाट वृद्धि गरी अमेरिकी डलर ५० हजार कायम गरिएको छ ।

आयातका लागि ६० हजार डलर तोकिएको सीमा बढाएर १ लाख डलर पुर्याइएको छ भने नेपालमा खोलिएको परिवर्त्य खाताबाट भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको छ ।

सुन आयात र बिक्री वितरणसम्बन्धी विद्यमान व्यवस्थामा अध्ययन गर्ने र चाँदी आयातको वर्तमान अवस्थाबारे पुनरावलोकन गर्ने बताइएको छ ।

यस्तै, विप्रेषण आप्रवाह, भ्रमण, व्यापार लगायतका क्रियाकलापलाई थप सहज हुने गरी सटही गर्न सकिने विदेशी मुद्राहरूको विद्यमान सूची पुनरावलोकन गरिने राष्ट्र बैंकले घोषणा गरेको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  १ : ५२ बजे

राष्ट्रपति पौडेलको भ्रमण फलदायी

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल कतारको दोहामा सम्पन्न दोस्रो विश्व सामाजिक

काठमाडौँ महानगरपालिकाका प्रमुख साहविरुद्ध उजुरी

काठमाडौं– राष्ट्रिय युवा सङ्घ नेपालले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहविरुद्ध

नेपाली फिल्मलाई फाप्यो कात्तिक, सुस्ताएको बक्स अफिस तंग्रिँदै

काठमाडौं – ०८२ सालमा कात्तिक १४ सम्म ३० फिल्म प्रदर्शनमा

भीम रावललाई फकाउँदै दाहाल-नेपाल, सकारात्मक छ कुराकानी

काठमाडौं- नवघोषित नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र