फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को दोस्रो चरणको छायांकन सुरु « Khabarhub

फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को दोस्रो चरणको छायांकन सुरु


११ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को दोस्रो चरणको छायांकन सुरु गरिएको छ । दोस्रो चरणको छायांकन शुक्रबारदेखि भक्तपुरको दुवाकोटबाट सुरु गरिएको हो ।

दोस्रो चरणको छायांकनसँगै फिल्ममा अभिनेतृ अलिशा बास्तोलाको प्रवेश भएको छ । ठूलो पर्दामा उनको यो डेब्यू हो । यस अघि उनले दजनौं म्युजिक भिडियोमा काम गरेकी थिइन् । निर्माता विनोद पौडेलले फिल्ममा अलिशाको विशेष भूमिका रहेको छ।

पहिलो चरणमा फिल्मको छायांकन गत जेठ २४ गतेबाट सुरु भएको थियो । ओखलढुङ्गा जिल्लाको रुम्जाटार क्षेत्र आसपासमा ३६ दिन सुटिङ भएको थियो ।

सोसल-ड्रामा जनरा बनेको यस फिल्म गन्धर्व परिवारको कथामा आधारित रहेको निर्माण पक्षको भनाइ छ ।

फिल्ममा विजय बराल, मुकुन भुसाल, प्रकाश सपुत, अञ्जना बराइलीको मुख्य भूमिका रहेको छ । यस्तै, फिल्ममा विनोद न्यौपाने, भोलाराज सापकोटा, बुद्धि तामाङ, माओत्से गुरुङ र देशभक्त खनाल लगायतका कलाकारहरूको पनि अभिनय रहनेछ । बालकालकारमा जान्भि पौडेल र स्वयम् केसीको अभिनय रहने छ ।

सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको यस फिल्मको निर्देशक सरोज पौडेल हुन् । उनी स्वयमको कथा रहेको छ भने महेश दवाडीको पटकथा तथा संवाद रहेको छ । निर्माताहरू विनोद र प्याट्रिक सुबेदी हुन् ।

फिल्मको प्रदर्शन मिति अहिलेसम्म तोकिएको छैन । विसं २०८२ सालमै प्रदर्शनमा ल्याउने निर्माण पक्षको लक्ष्य रहेको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  ४ : ४६ बजे

जेन-जी आन्दोलनका क्रममा फरार तीन कैदी पक्राउ

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा कारागार कार्यालय जगनथदेवल, सुन्धाराबाट भागेका तीन

ख्रीष्टमसको पूर्वसन्ध्यामा ललितपुरको एसम्सन चर्चमा सन्ध्याकालीन प्राथना

काठमाडौं- इसाई धर्मावलम्बीले मनाउने ख्रीष्टमस पर्वको पूर्व सन्ध्यामा ललितपुरको एसम्सन

प्रधानमन्त्री कार्कीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट

काठमाडौं– नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरूले प्रधानमन्त्री सुशीला

नसुध्रिएको त्रिवि : ‘लाइन होइन अनलाइन’ नारामुनि विद्यार्थी बस्छन् घण्टौं लाइन

काठमाडौं– बल्खुस्थित त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय प्रवेश गर्नेबित्तिकै ग्लोबल