माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु | Khabarhub Khabarhub

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु


११ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने क्रममा पानीमा डुबेर एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापाको शिवसताक्षी–४ बोलोचोकका ४० वर्षीय चन्द्रे मुर्मू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

टुनुवस्ती नजिकै पानी जमेको होलीमा माछा मार्ने क्रममा डुबेको अवस्थामा भेटिएका मुर्मूको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मुर्मूसहित ३५ वर्षीय अक्तर मियाँ माछा मार्ने क्रममा करिब पौने ४ बजे पानीमा डुबेका थिए । उनीहरूलाई उद्धार गरेर शिवगञ्जस्थित नगर अस्पतालमा उपचारका लागि ल्याइएको थियो ।

थप उपचारका लागि बिर्तामोडस्थित बिएन्डसी अस्पताल लगिएकामा मुर्मूको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  १० : ५० बजे

चीनमा नेपाली संस्कृति प्रदर्शन

चीन– नेपाल–चीनबीच पर्यटन, कला तथा सांस्कृतिक प्रवर्द्धनका लागि साङ्गीतिक तथा

लुम्बिनी प्रदेशसभा बैठक बस्दै

काठमाडौं– लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १

जापान भ्रमण उपलब्धिमूलक : परराष्ट्रमन्त्री राणा

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले पाँचदिने जापान भ्रमण उपलब्धिमूलक

दुर्घटनापछि कारबाहीमा परे तीन उत्तर कोरियाली अधिकारी

काठमाडौं – नयाँ युद्ध पानीजहाज लन्च गर्ने समयमा भएको विष्फोटको

२४ वर्षदेखि न्यायको पखाईमा शुक्लाफाँटा आरक्ष विस्थापित 

कञ्चनपुर– हिरासिंह भण्डारीको बेदकोट नगरपालिका– ९ सुन्दरपुरमा डेढ बिघा जग्गा