भारतलाई स्तब्ध बनाउँदै श्रीलंका पहिलो पटक एसिया कप च्याम्पियन « Khabarhub

भारतलाई स्तब्ध बनाउँदै श्रीलंका पहिलो पटक एसिया कप च्याम्पियन


१३ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपाधि दावेदार भारतललाई ८ विकेटले हराउँदै श्रीलंकाले एसीसी महिला एसिया कपको उपाधि उचालेको छ ।

श्रीलंकालाई पहिलो पटक उपाधि जिताउने क्रममा हर्षिता समरविक्रम र चमारी अथपथुले शानदार ब्याटिङ गरे ।

आइतबार भएको उपाधि भिडन्तमा यसअघिका चार संस्करणमा ब्यहोरेको हारको बदाल पनि श्रीलंकाले लिएको छ ।

भारतले दिएको १६६ रनको चुनौती पछ्याएको श्रीलंकाले ८ बल बाँकी हुँदै २ विकेटको क्षतिमा १६७ रन जोड्यो। श्रीलंकाका लागि अविजित रहेकी हर्षिता समरविक्रमले ६९ रन जोडिन्। ५१ बल खेलेकी उनले ६ चौका र दुई छक्का हानिन् ।

कप्तानसमेत रहेकी ओपनर चमारी अथपथुले ४३ बलमा ९ चौका र २ छक्का हानिन् । त्यसैगरी कविशा दिल्हारी ३० रनमा अविजित रहिन्।

उता भारतकी दिप्ती शर्माले १ विकेट झारिन्।  त्यसअघि रंगिरि डम्बुला अन्तर्राष्ट्रिय रंगशालामा टस जितेर पहिला ब्याटिङमा उत्रिएको भारतले स्मृति मान्धनाको अर्धशतकीय योगदानमा २० ओभरमा ६ विकेट गुमाउँदै १६५ रन बनायो ।

स्मृतिले ५६ बलमा १० चौकासहित ६० रन जोडिन्। भारतका लागि ऋचा घोष ३०, जेमिमाह रोड्रिग्जे २९, शेफाली वर्मा १६ र कप्तान हरमनप्रीत कौर ११ रनमा समेटिए ।

श्रीलंकाकी कविशा दिल्हारीले सर्वाधिक २ विकेट झारिन्। सचिन निसानशााल, चमारी अथपथु र उदेशिका प्रबोधनीले व्यक्तिगत एक-एक विकेट लिए ।

यसअघि भारतले सुरुका ६ संस्करणको उपाधि लगातार उचालेको थियो । जसमा चार संस्करणको फाइनलमा श्रीलंकाले हार भोगेको थियो । दुई पटक भारतले पाकिस्तानलाई हरायो ।

सन् २०१८ मा भएको एसिया कपमा भारतलाई हराउँदै बंगलादेशसँग उपाधि जित्यो । पछिल्लो संस्करणमा भारतले श्रीलंकालाई हराउँदै सातौँ पटक च्याम्पियन भएको थियो।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  ७ : ४८ बजे

रवि–बालेनले थाले कुलमानसँग ‘निर्णायक’ वार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

न्युजिल्यान्ड पठाइदिने भन्दै रु १० लाख ठगी गर्ने एक जना पक्राउ

काठमाडौं – प्रहरीले वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाइदिने भन्दै रु

तनहुँमा एकैदिन नौ फरार प्रतिवादी पक्राउ

तनहुँ – जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइबाट खटिएको

अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले

काठमाडौं- नेकपा (एमाले)ले प्रधानमन्त्रीसँगको भेटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले

भारतीय नागरिकलाई नागरिकता दिएको अभियोगमा वडाध्यक्ष पक्राउ

सर्लाही – नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका