ऊर्जामन्त्री खड्का र अमेरिकी राजदूतबीच भेटवार्ता, के भयो कुराकानी? « Khabarhub

ऊर्जामन्त्री खड्का र अमेरिकी राजदूतबीच भेटवार्ता, के भयो कुराकानी?


१४ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच नेपाल—अमेरिका सम्बन्धका विविध विषयमा छलफल भएको थियो ।

त्यस अवसरमा मन्त्री खड्काले नेपाल–अमेरिकाबीचको ७७ वर्ष लामो सम्बन्धलाई थप प्रगाढ बनाएर अगाडि बढाउन नेपाल प्रतिबद्ध रहेको बताए । उनले ऊर्जा क्षेत्र नेपालको आर्थिक विकासको सबैभन्दा ठूलो क्षेत्र भएकाले यसलाई अगाडि बढाउन अमेरिकाको साथ र सहयोग आवश्यक रहेको उल्लेख गरे ।

‘युएसएआईडीमार्फत अमेरिकाले नेपालको विकासमा ठूलो सहयोग गरेको छ, आगामी दिनमा पनि यस्तो सहयोग हुने विश्वास लिएको छु’, मन्त्री खड्काले भने । ऊर्जा क्षेत्रको विकासमा भएका कानूनी झन्झटलाई हटाएर सरकार अगाडि बढ्ने उनको भनाइ थियो ।

भेटमा अमेरिकन राजदूत थम्पसनले नेपालको आर्थिक र सामाजिक विकासका लागि अमेरिका सधैँ सहकार्य गर्न तयार रहेको बताए । उनले आगामी दिनमा नेपालको ऊर्जा क्षेत्रको विकासमा थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  ६ : ०८ बजे

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार