आजका समाचार : सुदूरपश्चिममा दिउँसै टर्च बालेर सरकारको खोजी, आयुक्त हुन पाएनन् कृष्णमान, सहकारी ठगीमा मुछिएकालाई नेपाल ल्याउन निर्देशन | Khabarhub Khabarhub

आजका समाचार : सुदूरपश्चिममा दिउँसै टर्च बालेर सरकारको खोजी, आयुक्त हुन पाएनन् कृष्णमान, सहकारी ठगीमा मुछिएकालाई नेपाल ल्याउन निर्देशन


१४ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

राष्ट्रपतिले भने- नेपालमा लगानी गर्नुस्, जापानी टोलीको जवाफ- सुशासन कायम गर्नुस्

राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका सांसद एवम् प्रतिनिधिसभा न्यायिक मामिला समितिका सभापति ताकेवे अराता नेतृत्वमा आएको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ।

राष्ट्रपति भवन शीतल निवासमा सोमबार भएको भेटमा राष्ट्रपति पौडेलले नेपालमा जलस्रोत, पर्यटन र कृषिजस्ता क्षेत्रमा लगानीका लागि उपयुक्त वातावरण भएको बताए ।

सहकारी ठगी प्रकरण : जेलमा रहेकाहरूको पनि संसदीय समितिले बयान लिने

गृहमन्त्री रमेश लेखकले सहकारी बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समिति सरकारका लागि मार्गनिर्देशक बन्ने बताएका छन् ।

सोमबार बिहान सिंहदरबारस्थित संघीय संसद सचिवालयको भवनमा बसेको समितिको बैठकमा गृहमन्त्री लेखकले सहकारीको समस्यालाई सरकारले प्राथमितामा राखेको बताए ।

कांग्रेसले मन्त्रीको नाम सिफारिस नगर्दा सरकार गठनमा समय लाग्यो : मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कांग्रेसले मन्त्रीहरूको नाम सिफारिस गर्न ढिला गरेका कारण सरकार गठनमा समय लागेको बताएका छन् ।

सोमबार विराटनगरमा संचारकर्मीहरुसँग कुरा गर्दै उनले सरकार गठन बारे लगभग सहमति भइसकेको र नेकपा एमालेले मुख्यमन्त्री सहित ५ वटा र नेपाली कांग्रेसले ४ वटा मन्त्रालय लिने सहमति भएको बताए ।

सुदूरपश्चिममा दिउँसै टर्च बालेर प्रतिपक्षीले खोजे सरकार

सुदूरपश्चिम प्रदेशमा प्रतिपक्ष दलहरूले दिउँसै बत्ती बालेर सरकारको खोजी गरेका छन् ।

सोमबार दिउँसो २ बजेका लागि डाकिएको प्रदेश सभा बैठकमा सरकारको तर्फबाट कुनै मन्त्री उपस्थित नभएपछि स्थगित भएको छ ।

विशेष अधिवेशनको तेस्रो बैठकमा सरकार पक्ष सहभागी नभएपछि प्रतिपक्षी दलले सांकेतिक विरोध जनाएका छन् ।

मन्त्रीको अनुपस्थितिमा बैठक चल्न नसक्ने भन्दै सभामुख भीमबहादुर भण्डारीले अनिश्चितकाललाई बैठक स्थगित गरे ।

सुदूरपश्चिम प्रदेश : कार्यसूचीमा प्रवेश नगरी प्रदेशसभाको बैठक स्थगित

सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रीको अनुपस्थितिपछि सुदूरपश्चिम प्रदेशसभाको आजको बोलाइएको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित गरिएको छ ।

बैठक प्रारम्भ गर्दै सभामुख भीमबहादुर भण्डारीले सुदूरपश्चिम प्रदेश नियमावलीअनुसार आजको बैठकमा मन्त्रीको उपस्थिति नभएकाले अर्को सूचना प्रकाशित नभएसम्म बैठक स्थगित गरिएको जानकारी गराएका हुन् ।

फिर्ता लिइसकेपछि कृष्णमानको नाम निर्वाचन आयुक्तमा अस्वीकृत

संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानको नाम सोमबार सर्वसम्मतिले अस्वीकृत गरेको छ।

समिति अपरान्ह बसेको बैठकले उनको नाम सर्वसम्मतिले अस्वीकृत गरिएको सभापति पशुपति शमशेर जबराले जानकारी दिए।

सिग्देललाई प्रधानसेनापतिमा रोक्न गुहारियो सर्वोच्च, रिट दर्ताको टुंगो मंगलबार हुने

नेपाली सेनाका रथी अशोकराज सिग्देलको नागरिकता विवादसम्बन्धी रिट दरपीठविरुद्ध सर्वोच्च अदालतमा निवेदन परेको छ ।

भावी प्रधानसेनापतिमा करिब निश्चित भइसकेका तीन तारे जर्नेल सिग्देलविरुद्ध सिन्धुलीका युवराज सफलले सर्वोच्च अदालत लगेको रिट दरपीठ भएपछि अर्को निवेदन हालेका हुन् ।

सर्वोच्चले दियो स्वअनुभूतिका आधारमा लैङ्गिक पहिचान निर्धारण अधिकार (पूर्णपाठसहित)

सर्वोच्च अदालतले स्वअनुभूतिका आधारमा व्यक्तिलाई लैङ्गिक पहिचान निर्धारणको अधिकार हुने फैसला सुनाएको छ ।

ललितपुरकी रुक्सना कपालीले नेपाल सरकारलाई विपक्षी बनाइ दायर गरेको रिट निवेदनमा सुनुवाइ गर्दै सर्वोच्चका प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ र न्यायाधीश कुमार चुँडालको संयुक्त इजलासले व्यक्तिको स्वअनुभूतिका आधारमा लैङ्गिक पहिचान निर्धारण गर्न पाउनुलाई मौलिक हक र मानव अधिकारको विषय भनेको छ ।

कांग्रेस–एमालेलाई रविले भने- नयाँ पार्टीलाई तह लगाएर पुराना जोगिन सक्दैनन्

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कांग्रेस–एमालेको टार्गेटमा आफ्नो पार्टी परेको बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको बिशेष समयमा बोल्दै लामिछानेले पछिल्लो समय सदनमा प्रधानमन्त्रीका साथै कांग्रेस–एमाले सांसदको अभिव्यक्ति सुन्दा रास्वपा ठूला दलको टार्गेटमा परेको आभाष भएको बताएका हुन् ।

माओवादी सांसदको आरोप- भ्रष्टाचारका फाइल बन्द गर्न नयाँ गठबन्धन बन्यो

प्रधानमन्त्रीलाई सांसद डाँगीको प्रश्न- १५ दिनमा टियु क्रिकेट मैदान कति बन्यो ?

प्रतिनिधिसभा : सडक र हवाई दुर्घटना न्यूनीकरण गर्न सुझाव

गृहमन्त्री लेखक र स्विस राजदूतबीच शिष्टाचार भेटवार्ता

गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि स्विस राजदूत डा. डेनिएल मेउलीले शिष्टाचार भेटघाट गरेकी छन् ।

सोमबार गृहमन्त्रालयमा भएको भेटवार्तामा गृहमन्त्री लेखकले नेपाल र स्वीट्जरल्याण्डबिच सन् १९५६ देखि बलियो द्विपक्षीय सम्बन्ध रहेको बताएका छन् ।

ऊर्जामन्त्री खड्का र अमेरिकी राजदूतबीच भेटवार्ता, के भयो कुराकानी?

छिट्टै नियमित उडानमा फर्किने सौर्य एयरलाइन्सको प्रतिबद्धता

गोरखा धार्चेको पहिरोमा बेपत्ता चार जनाको शव भेटियो

उत्तरी गोरखाको धार्चे गाउँपालिका-५, सिङ्लास्थित रेसेफाँटमा पहिरोमा परी बेपत्ता भएका चार जनाको शव फेला परेको छ ।

सोमबार नेपाली सेनासहित सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा भएको खोजी कार्यमा चार जनाको शव फेला परेको नेपाली सेनाले जनाएको छ ।

साउन ९ गतेको ठुलो दुर्घटनापछि सौर्य एयरलाइन्सले छिट्टै उडानमा फर्किने प्रतिबद्धता जनाएको छ। विज्ञप्ति सार्वजनिक गर्दै यरलाइन्सका अध्यक्ष दीपककुमार पोखरेलले यस्तो प्रतिबद्धता जनाएका हुन्।

आइतबार सार्वजनिक विज्ञप्तिमा उनले भनेका छन्, ‘हामी अहिले शोकको घडीमा छौं। अब छिट्टै नै नियमित उडानमार्फत् पुनः यात्रु महानुभावहरुसँग जोडिने छौँ।’

पोखराको स्कूल बस दुर्घटनामा आमाछोराको मृत्यु

पोखरामा भएको स्कुल बस दुर्घटनामा आमाछोराको मृत्यु भएको छ ।

आज बिहान पोखरा महानगरपालिका–२१ छरछरे कृस्तीमा भएको बस दुर्घटनामा विद्यालयकी कार्यालय सहयोगी आरती बिक र उनका यूकेजीमा अध्ययनरत ५ वर्षीय छोरा प्रिन्स विकको मृत्यु भएको हो ।

त्रिशूलीमा हराएको चुम्बक र लाइफ ब्वाइ ट्युब भेटियो

गत असार २८ गते भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोसहित त्रिशूलीमा खसेर बेपत्ता भएका दुई बसको खोजीका क्रममा हराएको १९ केजीको चुम्बक र लाइफ ब्वाइ ट्युब भेटिएको छ । चुम्बक र लाइफ ब्वाइ ट्युब नारायणी नदीको काभ्रेघाटमा भेटिएको छ।

साउन ५ मा आएको भारतीय टोली भने ८ दिनको प्रयासमा पनि बस भेट्टाउन असफल भएपछि आइतबार फर्किसकेको छ।

भेनेजुएलामा मडुरो चौथो कार्यकाललाई राष्ट्रपति, विपक्षीले मानेनन्, अमेरिका पनि असन्तुष्ट

भेनेजुएलाको राष्ट्रपति चुनावमा निकोलस मडुरो चौथो कार्यकालका लागि विजयी घोषित भएका छन् ।

मडुरोले ५१.२ प्रतिशत मतसहित विजयी हुँदा विपक्षी उम्मेदवार एडमुन्डो गोन्जालेज उरुटियाले ४४.२ प्रतिशत मत प्राप्त गरेको निर्वाचन परिषद्ले जनाएको छ ।

रुसमा रेल र ट्रक ठोक्किँदा सयभन्दा बढी घाइते

पाकिस्तानको आदिवासी द्वन्द्वमा ४२ जनाको मृत्यु

दक्षिण कोरियालाई चौथो स्वर्ण

पेरिस ओलम्पिक २०२४ : मनिता पहिलो खेलमै निराश

श्रीलंकाविरुद्धको सिरिजमा भारतको लगातार दोस्रो जित

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  ८ : ०१ बजे

महिला टी-२० विश्वकप : इङल्याण्डको लगातार तेस्रो जित

काठमाडौं – आइसीसी महिला टी–२० विश्वकप अन्तर्गत इङल्याण्डले स्कटल्याण्डलाई पराजित

चीनमा ग्यास चुहावट हुँदा सात जनाको मृत्यु, चार घाइते

जिनान – पूर्वी चीनको शानडोङ प्रान्तको एक बायोटेक कम्पनीमा शनिबार

डडेल्धुरामा १४ वर्षीया किशोरीको हत्या आरोपमा ५८ वर्षीय भण्डारी पक्राउ

डडेल्धुरा । डडेल्धुराको पोखरामा १४ वर्षीया किशोरीको हत्या आरोपमा ५८

हवाई आक्रमणमा परी कम्तीमा २३ जना सुडानी नागरिको मृत्यु, ४० घाइते

खार्तूम – दक्षिणी खार्तूमको मुख्य बजारमा भएको हवाई आक्रमणमा परी

तनहुँ कारागारमा कैदीबन्दीको उपचारमा समस्या

तनहुँ । तनहुँ कारागार स्वास्थ्यकर्मीविहीन हुँदा कैदीबन्दीको उपचारमा समस्या भएको