एक हजार दुई सय घर खानेपानीबाट वञ्चित, आयोजना अलपत्र | Khabarhub Khabarhub

एक हजार दुई सय घर खानेपानीबाट वञ्चित, आयोजना अलपत्र


१५ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

गोलबजार– सिरहाको कल्याणपुर नगरपालिका–१२ तिलासीमा बेल्हा खानेपानी तथा सरसफाइ आयोजनाको काम अलपत्र रहेको छ ।

पञ्चवर्षीय योजनासहित विसं २०७२ देखि सुरु भएको उक्त खानेपानी आयोजना नौ वर्ष बित्दा पूरा नभएको हो । पाँच वर्षभित्र एक हजार दुई सय घरधुरीलाई स्वच्छ खानेपानी खुवाउने लक्ष्यसहित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय लहानले छ करोड ५० लाखमा आयोजना बनाउन सुरु गरेको थियो । 

कार्यालयले हालसम्म रु दुई करोडमा दुई बोर्डिङ गाडेर ट्यांकी बनाएर बाँकी काम अलपत्र छाडेको छ । 

समयमै पूर्णता दिन बेल्हा खानेपानी उपभोक्ता समितिका अध्यक्ष कुशेश्वर ठाकुरले भने पाँच वर्षभित्र योजना सम्पन्न गर्ने भने पनि नभएको स्थानीयको गुनासो छ । 

‘डिभिजन कार्यालयमा धाउँदा धाउँदा र हाकिमलाई भन्दाभन्दा थाकिसकेँ’, उपभोक्ता समितिका अध्यक्ष ठाकुरले भने।

साबिकको लहान खानेपानी तथा सरसफाइ डिभिजन पछिल्लो समय समायोजना भएर सप्तरीको राजविराज डिभिजन कार्यालयअन्तर्गत समावेश भइसकेको छ । 

आर्थिक वर्ष २०७९-८० असार मसान्तमा डिभिजन कार्यालय राजविराजले रु १९ लाखको बोर्डिङको पाइप किनेर कार्यालय अगाडि थुपारेर छाडेको छ । त्यो पाइप जडान गर्न त्यसपछि कहिल्यै डिभिजन कार्यालयका कर्मचारी नै पुगेनन् । आर्थिक वर्ष २०८०-८१ म छुट्याएको रु १७ लाख डिभिजनले कामै नगरी ‘फ्रिज’ भएर गएको बताइएको छ ।

कल्याणपुर–१२ का वडाध्यक्ष दिलीपकुमार यादवले भने वडावासीलाई स्वच्छ खानेपानी खुवाउन निरन्तर योजनाबारे सोधीखोजी गरिरहेको बताए  । ‘डिभिजन कार्यालय छुट्याएको खुद्रे बजेटले पनि लापरबाही काम गर्छ’, अध्यक्ष ठाकुरले भने, ‘यसरी यो आयोजनाले कहिले पूर्णता पाउँदैन ।’

सरकार र स्थानीय जनप्रतिनिधिको बेवास्ताले खानेपानी आयोजना अलपत्र परेको स्थानीय बताउँछन् । संघीय सरकारबाट प्रदेशमा हस्तान्तरण भएको आयोजना भएकाले उचित बजेट नदिँदा पूर्णता पाउन नसकेको खानेपानी तथा सरफाइ डिभिजन कार्यालय राजविराजका प्रमुख विश्वनाथ यादवले बताए।

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  ३ : ५४ बजे

गाजामा युद्धविराम कायम राख्नु जीवनरक्षाका लागि अत्यावश्यक : संयुक्त राष्ट्रसङ्घ

जेनेभा- संयुक्त राष्ट्रसङ्घले गाजामा हाल कायम रहेको युद्धविरामलाई ‘जीवनरक्षाका लागि

आगलागीबाट दुई घर जलेर नष्ट

त्रिशूली– ककनी गाउँपालिका–१ स्थित जलकुनीमा आज आगलागी हुँदा दुई घर

नेपाली क्रिकेट खेलाडीको तस्बिर राखेर कालीपूजा पण्डाल

भद्रपुर– यहाँस्थित भद्रपुर–६ मा नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरूको तस्बिर राखेर

ज्योतिपुञ्ज कपको उपाधि आयोजकलाई

रामपुर– पाल्पाको रामपुर नगरपालिकामा सञ्चालन भएको जिल्लाकै सर्वाधिक राशिको तेस्रो

मादल बिक्री नभएपछि व्यवसायी निराश

ढोरपाटन– पाँच वर्षअगाडिसम्म निसीखोलाका तुबहादुर परियारले मादल व्यवसायबाटै आफ्नो घरखर्च