‘घरज्वाइँ’ विवादमा प्रज्ञाले भन्यो- ‘रोदी’ संस्कृति मगर-गुरुङ दुवै समुदायमा छ « Khabarhub

‘घरज्वाइँ’ विवादमा प्रज्ञाले भन्यो- ‘रोदी’ संस्कृति मगर-गुरुङ दुवै समुदायमा छ


१५ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


837
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रज्ञा-प्रतिष्ठानले चलचित्र ‘घरज्वाइँ’का कारण उत्पन्न ‘रोदी’बारेको विवादमा मध्यमार्गी बाटो खोजेर समाधान दिएको छ ।

‘रोदी’ शब्दको प्रमाणीकरण भन्दै प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले नेपाल मगर संघलाई लेखेको एक पत्रमा यो संस्कृति मगर र गुरुङ दुवै समुदायमा रहेको जनाएका हुन् ।

मंगलबार नेपाल मगर संघका नाममा लेखिएको पत्रमा भनिएको छ, ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश (२०७९) मा ‘रोदी’ शब्दको अर्थ विशेषत : ‘गुरूङ जातिमा प्रचलित छ’ भन्ने उल्लेख भए पनि नेपाल प्रज्ञा-प्रतिष्ठानबाट प्रकाशित विभिन्न कृतिहरूका आधारमा हेर्दा उक्त ‘रोदी’ संस्कृति मगर, गुरुङलगायत पश्चिम नेपालमा बस्ने विभिन्न आदिवासी, जनजातिमा रहेको पाइएको व्यहोरा प्रमाणित गर्दछु ।’

मगर समुदायमा घर ज्वाइँ बस्ने पराम्परको कथा आधारित फिल्म ‘घर ज्वाइँ’फिल्ममा प्रयोग भएको ‘रोधी’को दृश्यलाई लिएर केन्द्रीय कार्यालय पोखरा रहेको संस्था ‘तमु धिँ नेपाल’ले आपत्ति जनाएको थियो । यो संस्था गुरुङ समुदायहरूको हो ।

पूर्वी रुकुमका मगर समुदायको कथा भन्ने दयाहाङ राई र मिरुना मगरको केन्द्रीय भूमिका रहेको फिल्ममा ‘रोदी’संस्कृति देखाइएको छ ।

यस्तोमा उक्त संस्थाले रोधी गुरुङ समुदायको संस्कृति रहेको जिकिर गरेको थियो। फिल्ममा रोधी मगर समुदायको भनेर गरिएको दृश्यांकन विधि र विधानविपरीत भएको निष्कर्ष निकाल्दै तमु धिँले प्रदर्शन नगर्न पोखराको मिड टाउन मुभिज प्रालिलाई पत्र काटेको थियो ।

चलचत्रि जाँच समितिलाई पत्राचार गर्दा पनि न्यायिक निर्णय नभएकाले उक्त कदम चालेको पत्रमा उल्लेख थियो । यही विवादलाई निरुपण गर्ने क्रममा ‘रोदी’ मगर र गुरुङ दुवै समुदायको रहेको प्रष्टीकरण दिएको हो ।

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  ४ : ३७ बजे

महासंघको यातायात तथा पारवहन समिति उपसभापतिमा मेघराज पौडेल मनोनीत

काठमाडौं– अटोमोबाइल व्यवसायमा लामो समयदेखि सक्रिय मेघराज पौडेललाई नेपाल उद्योग वाणिज्य

ऊर्जाका आयोजनाको निर्माणमा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तालाई कारबाही गर्छौं : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले जलविद्युत तथा ऊर्जाका निर्माणाधीन

 कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा ‘कम्पनी

अविरल वर्षाका कारण देशका दर्जनौँ सडक अवरुद्ध, कहाँको अवस्था कस्तो छ ?

काठमाडौं– बिहीबारदेखि परेको अविरल वर्षाका कारण देशभरीका दर्जनौं सडक अवरुद्ध

एनपीएलको जोश बढाउँदै एक्सट्रीम : ७ टोली, ७ गेट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ सुरु हुनुअघि नै एक्सट्रीम