पललाई धोका दिएको भन्दै युवतीले पठाइन् आँचललाई अश्लील म्यासेज, त्यसपछि… « Khabarhub

पललाई धोका दिएको भन्दै युवतीले पठाइन् आँचललाई अश्लील म्यासेज, त्यसपछि…


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्मको अभिनयका कारणभन्दा पनि नायिका आँचल शर्माको व्यक्तिगत जीवनका कारण चर्चा भइरहन्छ । पछिल्लो समय भने आँचल प्रेम जीवनका कारण चर्चामा छिन् । प्रेममा भए या नभए पनि आँचल शर्मा पेशाले डाक्टर रहेका उदिप श्रेष्ठसँग नजिक छिन् ।

इन्स्टाग्राममा पोस्ट हेर्ने हो भने यी दुईले एकअर्कालाई समय दिएको स्पष्ट हुन्छ ।

केही दिनसम्म के हल्ला थियो भने आँचल र पल शाह प्रेममा थिए । तर यी दुई प्रेममा रहेको भन्ने विभिन्न गसिप बाहिर आए पनि यी दुईले आफू प्रेममा भएको स्वीकार गरेका थिएनन् । तर आँचल पीडामा हुँदा पलको मन दुख्ने गरेको कतिपय स्टाटसबाट थाहा हुन्थ्यो ।

केही समयअघि भने आँचल र पलको ब्रेकअप भएको गसिप चल्न थालेको थियो । यद्यपि यो विषयमा पल भने मौन छन् ।

यता पलका फ्यानले आँचललाई म्यासेज गरेर पललाई धोका दिएको भन्दै गाली गर्न थालेका छन् । आँचलले एक युवतीले गाली गरेर पठाएको म्यासेजलाई इन्स्टाग्राममा शेयर गर्दै ती युवतीलाई ‘इ ग्रेड’ की युवती भनेकी छिन् ।

उनले इन्स्टाग्राममा लेखेकी छिन्, ‘पछिल्लो केही दिनदेखि मैले यस्ता म्यासेजहरु पाइरहेकी छु, हामी (पल र आँचलले) कहिल्यै पनि हामी सबन्धमा छौँ भनेनौँ ।’

उनले आफू पल शाहसँग पहिले पनि प्रेममा नभएको बताएकी छिन् । उनले फ्यानले आफै आफूहरु प्रेममा परेको अड्कल काटेको र अहिले ब्रेकअप भएको भन्न थालेको बताएकी छिन् ।

‘तपाईंहरुले आफै मेरो बारेमा यस्तो भनिरहनुभएको छ, अड्कल काटिरहनुभएको छ,’ उनले लेखेकी छिन् ।

अमेरिकामा बसेकी युवतीले अश्लील म्यासेज गरेको स्किृनशट राख्दै उनले अरुलाई पनि यस्तो म्यासेज नगर्न आग्रह गरेकी छिन् ।

यता मिडियामा भने आँचलले उदिपलाई साथीका रुपमा हेरेको बताउँदै आएकी छिन् । उदिपले पनि आँचलप्रति खुबै माया दर्शाएका हुन्छन् ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  ६ : ११ बजे

स्वीकृति नलिइ भित्तेपात्रो छापे एक लाखसम्म जरिवाना

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृत नलिई भित्तेपात्रे छापे

ग्याल्पो ल्होसारले देशलाई समृद्धिको मार्गमा अघि बढाओस् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ग्याल्पो ल्होसारले देशलाई समृद्धिको मार्गमा अघि

२४ घण्टामा देशभर १५ स्थानमा आगलागीका घटना

काठमाडौं– राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यही फागुन

बजार अनुगमन तीव्र, एक फर्मलाई पाँच हजार रुपैयाँ जरिवाना

काठमाडौं– बजार अनुमगनलाई तीव्रता दिँदै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता

पर्वमार्फत एकापसमा सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले पर्वमार्फत एकापसमा सद्भाव र बन्धुत्वको भावना