भोजपुरमा बाढीले बगाएर हाइड्रोमा कार्यरत २ जना मजदुर बेपत्ता  « Khabarhub

भोजपुरमा बाढीले बगाएर हाइड्रोमा कार्यरत २ जना मजदुर बेपत्ता 


१६ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


11.3k
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरको साल्पासिलिछो  गाउँपालिकामा इर्खुवा खोलाको बाढीले २ जनालाई बगाएको छ । बाढीले इर्खुवा हाइड्रोमा कार्यरत २ जना कामदारलाई बगाएको भोजपुर जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

राती १ बजेतिर आएको बाढीले हाइड्रो निर्माणमा खटिएका २ जना कामदार हराएको इन्स्पेक्टर दीपक श्रेष्ठले बताए । बेपत्ता हुनेमा बर्दियाको बारा बर्दिया गाउँपालिका ३ का २६ वर्षीय श्याम कुमार थारू र सोही ठाउँका ३० वर्षीय रमेश थारू रहेका छन् ।

यस्तै २६ वर्षीय राम किसन थारूको उद्धार गरिएको छ । उनको शरीरमा चोटपटक लागेको प्रहरीले जनाएको छ । अहिले स्वास्थ्य चौकी कुलुङमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  ७ : ४४ बजे

दश वर्षको प्रेमपछि रोनाल्डो-जर्जिनाको विवाह, यसरी बनेको थियो उनीहरूको प्रेमकथा

काठमाडौं– विश्व फुटबलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोको जीवनमा अब अर्को विशेष

ग्यासको अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्न थालेका छौँ : मन्त्री गौरीकुमारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले ग्यास आपूर्तिको अवस्था, वितरण

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा– सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका मन्दिरमा

एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनका लागि वेश+ ०.५ प्रतिशतमा ’इभी अटो कर्जा’ सुरु

काठमाडौं– एनएमबि बैंक लिमिटेडले नाइमा अटो एक्सपोलाई लक्षित गर्दै नयाँ

पोखरामा ग्यास आपूर्ति निरन्तर, अभाव भने कायमै

कास्की– विभिन्न कम्पनीले नियमितरुपमा ग्यास बजारमा पठाइरहेको दाबी गरिरहँदा पोखरामा