दमौली सब-स्टेशन बनाउन भारतीय कम्पनीसँग एमसीए नेपालको सम्झौता « Khabarhub

दमौली सब-स्टेशन बनाउन भारतीय कम्पनीसँग एमसीए नेपालको सम्झौता


१६ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एमसीए नेपालले तनहुँको दमौलीमा ४०० केभी क्षमताको नयाँ सबस्टेशन निर्माणका लागि भारतको टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङ लिमिटेडसँग सम्झौता गरेको छ ।

उक्त सब-स्टेशन निर्माणका लागि ३ करोड ८८ लाख अमेरिकी डलरको ठेक्का सम्झौता एमसीए नेपालले गरेको हो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत निर्माण गरिने सब-स्टेशनले नेपालको विद्युत् वितरण प्रणालीको सशक्तीकरणमा महत्वपूर्ण योगदान गर्दै आर्थिक समृद्धिका लागि मार्गप्रशस्त गर्ने विश्वास जनाए ।

कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्प्सन, अर्थ मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरे, एमसीए नेपालका सञ्चालक समितिका सदस्यहरू, नेपाल सरकार, अमेरिकी दूतावासका अधिकारीहरू र अन्य विशिष्ट व्यक्ति सहभागी थिए ।

यो सम्झौतासँगै अमेरिकी सरकारको एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत निर्माण गर्न लागिएका तीनवटै ४०० केभी सब-स्टेशन निर्माणसम्बन्धी सम्झौता सम्पन्न भएको छ।

नयाँ दमौली सब-स्टेशनले रातमाटे, लेखनाथ र नयाँ बुटवल सबस्टेशनबीच विद्युत् प्रसारणका लागि महत्वपूर्ण सेतुका रूपमा काम एमसीए नेपालले जनाएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  ३ : ५४ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर