पूर्वाधार विकासमा जनचाहना पूरा गर्ने गरी काम गर्न उपप्रधानमन्त्री सिंहको निर्देशन | Khabarhub Khabarhub

पूर्वाधार विकासमा जनचाहना पूरा गर्ने गरी काम गर्न उपप्रधानमन्त्री सिंहको निर्देशन


१६ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


354
Shares
  • change font
  • change font
  • change font

ललितपुर- उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले पूर्वाधार विकासमा नागरिकको चाहना पूरा गर्ने गरी काम गर्न निर्देशन दिएका छन् ।

बुधबार स्थानीय पूर्वाधार विभाग ललितपुरमा विभागकातर्फबाट हाल भइरहेका काम र आगामी योजनाको ब्रिफिङपछि उपप्रधानमन्त्री सिंहले यस्तो निर्देशन दिएका हुन् ।

हाल विभागले झोलुङ्गे पुल, ग्रामीण सडक, ग्रामीण सडक पुल, पालिकाहरूको प्रशासकीय भवन निर्माण, साना सिँचाइ कार्यक्रम सञ्चालन गरिरहेको छ ।

जनताको पूर्वाधार निर्माणको चाहना पूरा गर्न विभागको भूमिका महत्त्वपूर्ण रहेको भन्दै उपप्रधानमन्त्री सिंहले नागरिकले अनुभूति गर्ने गरी काम गर्न निर्देशन दिँदै त्यसमा केही समस्या परे मन्त्रालयले आवश्यक समन्वय गर्ने बताए ।

‘शहरी विकास मन्त्रालय अन्तर्गत रहेको यो स्थानीय पूर्वाधार विभागको पूर्वाधार विकासमा महत्त्वपूर्ण भूमिका छ,’ उनले भने, ‘झोलुङ्गे पुल, ग्रामीण सडक, प्रशासकीय भवन निर्माणजस्ता पूर्वाधार विकासको जिम्मेवारी तपाईँहरूको काँधमा छ । प्रभावकारी रूपमा काम सुचारु गर्नुपर्छ ।’

हालसम्म विभागले ३ सय ६४ वटा पालिकाको प्रशासकीय भवन निर्माण सम्पन्न गरिसकेको छ भने १ सय ४९ वटा भवन निर्माणाधीन अवस्थामा छ । आर्थिक वर्ष ०८१/८२ मा विभागले ६८ स्थानीय तहको प्रशासकीय भवन निर्माण सम्पन्न गर्ने योजना राखेको छ भने ३ सय झोलुङ्गे पुल, ४० वटा सडक पुल र १ सय किलोमिटर पक्की सडक निर्माण सम्पन्न र ७० किलोमिटर सडक निर्माण कार्य सुरु गर्ने लक्ष्य राखेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  ४ : ०५ बजे

पोखरीमा डुबेर दुई वर्षीय बालकको मृत्यु

सिराहा– सिरहा नगरपालिका-१८ लक्ष्मीनिया बस्ने धनेश्वर मण्डलको छोरा दुई वर्षीय ऋषि कुमार

बागलुङ-घोडाबाँधे सडक कालोपत्र नहुँदा यात्रुलाई सास्ती

ढोरपाटन– राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ–घोडाबाँधे खण्ड ट्रयाक खुलेको

सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

काठमाडौं– कास्कीको पोखरा महानगरपालिका-३२ तल्लो गगनगौंडास्थित सडकमा बा.प्र.०३-००१ ज १११४ नम्बरको ईभि

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ

काठमाडौं– काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ

भुटानमा विश्व शान्ति प्रार्थना महोत्सव सुरु

थिम्फु– भुटानका प्रधानमन्त्री सेरिङ तोब्गेको उपस्थितीमा विश्वव्यापी शान्ति प्रार्थना महोत्सव