ग्लोबल टी-२० लिग : सन्दीपले एक विकेट लिँदा दीपेन्द्रको कसिलो बलिङ « Khabarhub

ग्लोबल टी-२० लिग : सन्दीपले एक विकेट लिँदा दीपेन्द्रको कसिलो बलिङ


१७ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ग्लोबल टी-२० क्यानडा लिग अन्तर्गत आफ्नो चौथो खेलमा भ्यानकुभर नाइट्सका लागि नेपाली जोडी दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले चौथो खेल खेलेका छन्। गएराति ब्रम्टन वुल्भ्ससँग ६ विकेटले पराजित भएको भ्यानुभरका लागि सन्दीपले तीन ओभर बलिङ गर्दा मात्र एक विकेट लिएर सर्वाधिक ३९ रन खर्चिए। भ्यानकुभरका लागि गएराति भएको खेलमा सन्दीप महंगा सावित भए।

नेपालका अर्का अलराउण्डर दीपेन्द्रले भने चार ओभर बलिङ गर्दा बिना विकेट मात्र १८ रन दिए। उनले कसिलो बलिङ गरेका हुन्। उक्त खेलमा दीपेन्द्रले चार ओभर बलिङ गर्दा सन्दीपले भने तीन ओभर मात्र बलिङ गर्न पाएका थिए।

टस जितेर भ्यानकुभरले वुल्भ्सविरुद्ध पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। सुरुमा ब्याटिङ गरेको भ्यानकुभरले चार विकेटको क्षतिमा १४९ रन बनाएको थियो। उसका लागि रिची बेरिंगटनले नटआउट ३८ र आसिफ अलीले नटआउट ३६ रन जोडेका थिए। यी दुई ब्याट्सम्यानले टिकेर खेल्दा मध्यक्रमका ब्याट्सम्यान नेपालका दीपेन्द्रले ब्याटिङ गर्नु परेन।

भ्यानकुभरले दिएको १५० रनको लक्ष्य वुल्भ्सले १८.१ ओभर खेल्दै चार विकेटको क्षतिमा भेट्टाएको हो। उसका लागि विओ वेस्टरले नटआउट सर्वाधिक ४९ रन बनाए। उनी अर्धशतक बनाउन एक रनले चुके। योसँगै सन्दीप र दिपेन्द्रको टिम भ्यानकुभरले लगातार चौथो हार खाएको छ। अंकबिहीन भ्यानकुभर तालिकाको पुछारमा छ।

नेपालका कप्तान रोहित पौडेलको टिम टोरोन्टो नेसनल्स भने चार अंकसहित तेस्रो स्थानमा छ। रोहितको टिमले सुरुका दुई खेल जित्दा त्यसपछि लगातार दुई खेल गुमाएको छ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहीबार  ६ : ०४ बजे

प्रतिनिधिसभाको निर्वाचनमा सरकार र ६ हजार बढी उम्मेदवारको औपचारिक खर्च नै ३७ अर्ब बढी हुने

काठमाडौं– फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा औपचारिक रूपमा

विधायन व्यवस्था समितिले गर्‍यो चलचित्र विधेयक पारित

काठमाडौं– राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्था समितिले चलचित्र विधेयक पारित गरेको

ओली र गगनलक्षित बालेनको अभिव्यक्तिविरूद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह

गोविन्दा दम्पत्तिको विवाद फेरि चर्चामा : दुवै पक्षका आ-आफ्नै दाबी !

काठमाडौं- बलिउडका अभिनेता गोविन्दा र उनकी पत्नी सुनीता अहुजाबीचको सम्बन्धमा

बाँकेमा प्रतिनिधिसभा सदस्यको निर्वाचन तयारी तीव्र, तीन लाख ५० हजारभन्दा बढी मतदाता

जानकी– आसन्न प्रतिनिधिसभा सदस्यको  निर्वाचन सम्पन्न गर्ने सन्दर्भमा आवश्यक पूर्वतयारीका