ग्लोबल टी-२० लिग : सन्दीपले एक विकेट लिँदा दीपेन्द्रको कसिलो बलिङ « Khabarhub

ग्लोबल टी-२० लिग : सन्दीपले एक विकेट लिँदा दीपेन्द्रको कसिलो बलिङ


१७ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ग्लोबल टी-२० क्यानडा लिग अन्तर्गत आफ्नो चौथो खेलमा भ्यानकुभर नाइट्सका लागि नेपाली जोडी दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले चौथो खेल खेलेका छन्। गएराति ब्रम्टन वुल्भ्ससँग ६ विकेटले पराजित भएको भ्यानुभरका लागि सन्दीपले तीन ओभर बलिङ गर्दा मात्र एक विकेट लिएर सर्वाधिक ३९ रन खर्चिए। भ्यानकुभरका लागि गएराति भएको खेलमा सन्दीप महंगा सावित भए।

नेपालका अर्का अलराउण्डर दीपेन्द्रले भने चार ओभर बलिङ गर्दा बिना विकेट मात्र १८ रन दिए। उनले कसिलो बलिङ गरेका हुन्। उक्त खेलमा दीपेन्द्रले चार ओभर बलिङ गर्दा सन्दीपले भने तीन ओभर मात्र बलिङ गर्न पाएका थिए।

टस जितेर भ्यानकुभरले वुल्भ्सविरुद्ध पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। सुरुमा ब्याटिङ गरेको भ्यानकुभरले चार विकेटको क्षतिमा १४९ रन बनाएको थियो। उसका लागि रिची बेरिंगटनले नटआउट ३८ र आसिफ अलीले नटआउट ३६ रन जोडेका थिए। यी दुई ब्याट्सम्यानले टिकेर खेल्दा मध्यक्रमका ब्याट्सम्यान नेपालका दीपेन्द्रले ब्याटिङ गर्नु परेन।

भ्यानकुभरले दिएको १५० रनको लक्ष्य वुल्भ्सले १८.१ ओभर खेल्दै चार विकेटको क्षतिमा भेट्टाएको हो। उसका लागि विओ वेस्टरले नटआउट सर्वाधिक ४९ रन बनाए। उनी अर्धशतक बनाउन एक रनले चुके। योसँगै सन्दीप र दिपेन्द्रको टिम भ्यानकुभरले लगातार चौथो हार खाएको छ। अंकबिहीन भ्यानकुभर तालिकाको पुछारमा छ।

नेपालका कप्तान रोहित पौडेलको टिम टोरोन्टो नेसनल्स भने चार अंकसहित तेस्रो स्थानमा छ। रोहितको टिमले सुरुका दुई खेल जित्दा त्यसपछि लगातार दुई खेल गुमाएको छ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहीबार  ६ : ०४ बजे

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा

करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ

काठमाडौं – प्रहरीले सप्तरीको डाक्नेश्वरी नगरपालिका-६ फतेपुर टोलबाट अवैध लागुऔषध

सुनसरीमा रुखले च्यापिएर महिलाको मृत्यु

सुनसरी – सुनसरीमा आज रुख ढलेर च्यापिँदा बर्जु गाउँपालिकामा एक

मनास्लु हिमपहिरो पुरिएर नेपाली गाइडसहित दुई जनाको मृत्यु

काठमाडौं – मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइडसहित दुई जनाको