तटीय क्षेत्रमा थप २० मिटर खाली राख्नुपर्ने, मापदण्ड नपुगे नक्सा पास हुँदैन : मेयर बालेन | Khabarhub Khabarhub

तटीय क्षेत्रमा थप २० मिटर खाली राख्नुपर्ने, मापदण्ड नपुगे नक्सा पास हुँदैन : मेयर बालेन


१७ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौंका तटीय क्षेत्रको थप २० मिटरमा सरकारी वा निजी भवन लगायतका भौतिक संरचना निर्माण गर्ने अनुमति नमिल्ने बताएका छन् । मन्त्रिपरिषद्को निर्णय र सर्वोच्च अदालतको आदेशलाई महानगरले कार्यान्वयन गर्दै आएको भन्दै उनले यस्तो बताएका हुन् ।

उनले भनेका छन्, ‘तटीय क्षेत्रको थप २० मीटरमा सरकारी वा निजी भवन लगायतका भौतिक संरचना निर्माण गर्न अनुमति मिल्ने छैन ।’

काठमाडौंमा बाढीले तटीय क्षेत्रमा ठुलो क्षति पुर्याएपछि उनले काठमाडौंका नदी–खोलाका तटीय क्षेत्रलाई खाली राख्ने अभियानलाई अब थप प्रभावकारी बनाइने बुधबार सामाजिक सञ्जालमार्फत् प्रष्ट पारेका हुन् । बालेनले मापदण्डलाई पालना नगरे महानगरले उचित कदम चाल्ने चेतावनी दिएका छन् ।

काठमाडौं उपत्यकाभित्र बग्ने बागमती, विष्णुमती, मनोहरा नदी किनाराको कम्तीमा २० मिटर र अन्य खोला किनाराको कम्तीमा चारदेखि १२ मिटरभित्रको जग्गालाई सरकारले निर्माण निषेधित क्षेत्र घोषणा गरेको उल्लेख गर्दै उनले यस्तो बताएका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘नदी तथा खोलाको तटीय क्षेत्रमा निर्माणको योजना बनाउँदा, नक्सापास गर्दा, घरजग्गाको कारोबार गर्दा वा घरजग्गा धितो राख्दा यस मापदण्डलाई पालना गरिदिनु होला । अन्यथा, पछि धोका पाउनु हुनेछ ।’

मेयर बालेनले सर्वोच्च अदालतले थप २० मिटर जग्गालाई निर्माण निषेधित क्षेत्र घोषणा गरेको भन्दै तत्कालै कार्यान्वयन गर्नुको विकल्प नरहेको प्रष्ट पारेका छन् ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहीबार  ६ : ३५ बजे

मधेस प्रदेशसभाअन्तर्गत अर्थ तथा योजना समितिको सभापतिमा साह

जनकपुरधाम– मधेस प्रदेशसभा अन्तर्गतको अर्थ तथा योजना समितिको सभापतिमा जनमत

कर्णाली यश्विज टिमबाट ‘एभरेस्ट वुमन्स भलिबल लिग’ खेल्दै अमेरिकाकी ग्याब्रीएल बेन्डा

काठमाडौं – अमेरिकाकी ग्याब्रीएल बेन्डाले कर्णालीको ‘कर्णाली यश्विज’ टिमबाट वात्साल्य ‘ुएभरेस्ट

जलवायु न्यायका लागि जन मार्च गरिँदै

काठमाडौं– जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न आवाज उठाउने र त्यसबाट

युक्रेनमा सुरक्षा चिन्ताका कारण टेलिग्राम प्रयोगमा प्रतिबन्ध

एजेन्सी– युक्रेनले शुक्रबार रुसी मूलका पावेल दुरोभले स्थापना गरेको सामाजिक

‘ब्रेकअप सङ’लाई युट्युबमा ‘मिलियन भ्युज’, दर्शक दिँदैछन् रोचक प्रतिक्रिया

काठमाडौं– आगमी दशैँ अर्थात् असोज २४ देखि प्रदर्शनमा आउन लागेको