पार्टी बैठक सरकारी निवासमा राख्दिनँ : प्रधानमन्त्री ओली « Khabarhub

पार्टी बैठक सरकारी निवासमा राख्दिनँ : प्रधानमन्त्री ओली


१७ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यले साथ दिएसम्म पार्टी बैठक सरकारी निवासमा नराख्ने बताएका छन्। बिहीबार बिहानै सामाजिक सञ्जालमार्फत् उनले यस्तो जानकारी गराएका हुन्।

फेसबुक पोस्टमा उनले भनेका छन्, ‘‘सामाजिक सञ्जाल मार्फत तपाईंहरूले दिनुभएको सुझाव अनुसार मेरो स्वास्थ्य अवस्थाले साथ दिएसम्म सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने जानकारी गराउँछु।’

एमालेको सचिवालय बैठक बिहीबार बिहान ११ बजेका लागि बोलाइएको छ। प्रधानमन्त्री ओलीले पार्टी कार्यालय मनोहरा खोलामा आएको बाढीले डुबानमा परेकाले बैठक अन्यत्र बस्न लागेकोसमेत जानकारी गराएका छन्।

‘आज हाम्रो पार्टीको सचिवालय बैठक छ। मनोहरा खोलामा आएको बाढीको डुबानले बैठक पार्टी कार्यालयमा बस्न नसक्ने भएका कारण यसपटक बैठक अन्यत्र राखिएको छ’, उनले थप भनेका छन्।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार बैठक हनुमानथानस्थित बसेरा होटलमा बिहान ११ बजे सुरु हुनेछ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहीबार  ७ : ४६ बजे

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार