नेप्से परिसूचक झिनो अंकले सुधार | Khabarhub Khabarhub

नेप्से परिसूचक झिनो अंकले सुधार


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शेयर कारोवार मापक नेप्से परिसूचक बुधबार झिनो अङ्कले सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०.४२ बिन्दुले बढेर एक हजार २१४.०५ बिन्दुमा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक ०.२२ बिन्दुले बढेर २६३.४१ बिन्दुमा कायम भएको छ । नेप्सेमा झिनो अङ्कले सुधार आउँदा कारोवार रकम भने औसतभन्दा कम हुन पुगेको छ । कूल १६१ कम्पनीको शेयर १२ लाख ७० हजार ११८ कित्ता शेयर रु २९ करोड २६ लाख ४१ हजार ७१८ मूल्यमा खरीद बिक्री भएका छन् ।

स्टकका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये आठ उपसमूहको शेयर ओरालो लागेको छ भने चार उपसमूहको शेयर भने उकालो लागेको छ । बैंकिङ ०.०४, होटल १५.१८, जलविद्युत् २.३५, निर्जीवन बीमा ५.९, उत्पादन ७.४४, लघुवित्त १.२४, जीवन बीमा ६.७८ र सामूहिक लगानी कोष ०.०४ बिन्दुले घटेको छ । व्यापार ७.१, विकास बैंक ०.४५, वित्त ०.१ र अन्य उपसमूह ६.९१ बिन्दुले बढेको छ ।

स्टकका अनुसार कारोवारका आधारमा आज सोल्टी होटल शीर्ष स्थानमा रहेको छ । सो होटलको रु चार करोड २० लाख २१ हजार ६४४ मा कारोवार भई शीर्ष स्थानमा रह्यो । यस्तै माछापुच्छे« बैंक रु दुई करोड ८५ लाख ८४ हजार सात, एनआइसी एशिया बैंक रु एक करोड ७२ लाख ६३ हजार ६१५, नवील बैंक रु एक करोड छ लाख सात हजार २८८, रसुवागढी जलविद्युत् कम्पनी रु ९४ लाख ४८ हजार ३१५ र कृषि विकास बैंक रु ८९ लाख ३१ हजार ८४६ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार कारोवारका आधारमा आज विशाल बजार कम्पनीका शेयरधनीले बढी कमाए । सो कम्पनीका शेयरधनीले ५.७३ प्रतिशतले कमाए । यस्तै पाँचथर पावर कम्पनी ४.८१, जानकारी फाइनान्स ४.२८, सामुदायिक लघुवित्त वित्तीय संस्था ३.७७ र मल्टीपर्पोज फाइनान्स कम्पनीका शेयरधनीले ३.६४ प्रतिशतले कमाए ।

यस्तै गणपति माइक्रोफाइनान्स वित्तीय संस्था ५.४४, नाडेप लघुवित्त वित्तीय संस्था ५.२५, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था ५.१३, माउण्टेन हाइड्रो ४, अपि पावर कम्पनी ३.८१, र छ्याङ्दी हाइड्रोका शेयरधनीले ३.७९ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  ८ : ०३ बजे

हिमानी र हृदयेन्द्रद्वारा जुम्लामा सिँचाइ पोखरीको उद्घाटन

जुम्ला – जुम्लामा पूर्व युवराज्ञी हिमानी शाह र पूर्व नवयुवराज

तनहुँमा चितुवाको आक्रमणबाट बालकको मृत्यु

पोखरा – तनहुँको बन्दिपुर गाउँपालिका–२ कुवादीमा चितुवाको आक्रमणबाट एक बालकको

नेपालको आर्थिक विकासबारे छलफल आवश्यक छ : देउवा

ललितपुर – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबैको

लगानी सहजीकरण र औपचारिक अर्थतन्त्र विस्तारमा उल्लेख्य सुधार : अध्यक्ष ढकाल

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी

कोशी प्रदेशले विपद् जोखिम न्यूनीकरणका लागि विपद् बिमा र बस्ती स्थानान्तरण गर्ने

मोरङ – कोशी प्रदेश सरकारले विपद्को क्षति न्यूनीकरणका लागि विपद्