मौलिक शैलीमा बन्यो काठमाडौं ८ को भवन, बालेन र सुनिताको उपस्थितिमा उद्घाटन | Khabarhub Khabarhub

मौलिक शैलीमा बन्यो काठमाडौं ८ को भवन, बालेन र सुनिताको उपस्थितिमा उद्घाटन


१७ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिका वडा नम्बर ८ को भवन बिहीबार उद्घाटन गरिएको छ । २०७९ माघ १३ गते शिलान्यास गरेर जयवागेश्वरीमा बनाउन थालिएको उक्त भवन मौलिक शैली र स्थानीय संस्कृति झल्किने किसिमको छ ।

महानगरपालिकाको तीन करोड रुपैयाँ लागतमा बनाएको भवनको बिहीबार महानगरपालिकाका प्रमुख बालेन साह र उपमेयर सुनिता डंगोलको उपस्थितिमा उद्घाटन गरिएको छ । यो भवनको शिलान्यास कामपा–८ का वडाध्यक्ष आशामान सङ्गत लगायतले गरेका थिए ।

पशुपति क्षेत्र विस्तारका क्रममा २५ वर्षअघि वडा भवन भत्काइएको थियो । भवन भत्काइएपछि पशुपति क्षेत्र विकास कोषअन्तर्गतको अमालकोट कचहरी कार्यालय रहेको जयवागेश्वरीमा वडा कार्यालय चलिरहेको थियो ।

नयाँ भवन त्यससँगैको नेपाल वेद विद्याश्रमको नाममा रहेको जग्गामा बनाइएको हो । यो भवनको तत्कालीन महानगर प्रमुख विद्यासुन्दर शाक्यले शिलान्यास गरेका थिए ।

तर वेद विद्याश्रमले विरोध गरेपछि काम रोकिएको थियो । तर पछिल्लो पटक कोषले निर्माण गर्न पत्र दिएपछि भवन तयार भएको हो ।

कार्यक्रममा वडाध्यक्ष सङ्गतले लामो समयको प्रयासपछि भवन बनेकोमा खुसी व्यक्त गरेका छन् । उनले नक्साअनुसार सांस्कृतिक र मौलिकताले भरिएको भवन तयार भएको बताए ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहीबार  ४ : ०१ बजे

छठपर्वमा सुरक्षाका लागि मधेशमा ‘अप्रेसन आस्था’ लागू

धनुषा- तराई मधेशको मुख्य पर्व छठलाई लक्षित गर्दै शान्ति सुरक्षाका

छठमा धाप ड्यामको पानी बागमतीमा बगाइने

काठमाडौँ- नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारको रौनक सकिएसँगै अब भने

रुकुम पश्चिम जिप दुर्घटना : ज्यान गुमाएकाहरू सबै चर्चबाट घर फर्किँदै थिए

काठमाडौँ- रुकुम पश्चिम जिल्लाको सदरमुकाम मुसिकोटबाट आठबिसकोट नगरपालिका–३ स्यालाखदीतर्फ जाँदै

धानको उचित मूल्य नपाउँदा किसान चिन्तित

सुदूरपश्चिम – आफ्नो बर्खे धानबाली काटेर भित्र्याइसकेका किसान धान बिक्री

आँबुखैरेनीका महिलाले बेचे रु सात लाखको सयपत्री

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–१ यान्चोकटार महिला लघु उद्यमी समूहले