ग्लोबल टी-२० : सन्दीप र दीपेन्द्रको टिम भ्यानकुभर विजयी, सन्दीपले लिए दुई विकेट « Khabarhub

ग्लोबल टी-२० : सन्दीप र दीपेन्द्रको टिम भ्यानकुभर विजयी, सन्दीपले लिए दुई विकेट

मोन्ट्रियल टाइगर्स ५ विकेटले पराजित


२१ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ग्लोबल टी-२० क्यानडा लिग अन्तर्गत सातौ खेलमामा नेपाली राष्ट्रिय टिमका दुई खेलाडी सहभागी भ्यानकुभर नाइट्स विजयी भएको छ। टस जितेर सुरुमा फिल्ड रोजेको भ्यानकुभरले ५ विकेटको जित निकालेको हो।

टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको मोन्ट्रियल टाइगर्सले १९.२ ओभरमा सबै विकेट गुमाएर १०९ रन बनाएको थियो। उसका लागि अजमातुल्लाह उमरजाईले ३० र शेर्फेन रदरफोर्डले २२ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन्।

भ्यानकुभरका लागि नेपालका सन्दीप लामिछानेले महत्त्वपूर्ण दुई विकेट हात पारे। पहिलो विकेटका रुपमा सर्वाधिक रन बनाएका अजमातुल्लाहलाई आउट गरेका सन्दीपले दोस्रो विकेटका रुपमा नवौंक्रमका ब्याट्सम्यान जहुर खानलाई आउट गरेका हुन्।

सन्दीपले जाहुरको विकेट लिएपछि मेटिन्ट्रयल १०९ रनमा अलआउट भएको थियो। ३.२ ओभर बलिङ गरेका सन्दीपले मात्र १४ रन खर्चिएर दुई विकेट हात पारेका हुन्। एक ओभर बलिङ गरेका दीपेन्द्रले भने बिना विकेट १२ रन खर्चिए। उसका लागि मोहम्मद अमिरले सर्वाधिक तीन विकेट लिए। चार ओभर बलिङ गर्दा उनले १८ रन खर्चिएका थिए।

११० रनको लक्ष्य पछ्याएको सन्दीप र दीपेन्द्रको टिम भ्यानकुभरले १८.४ ओभरमा ५ विकेटको क्षतिमा ११३ रन बनायो। भ्यानकुभरको जितका लागि रिजा हेन्ड्रिक्सले सर्वाधिक ३९ रन बनाउँदा कप्तान उस्मान ख्वाजाले ३१ रन जोडे। २ बल खेलेका दीपेन्द्र भने नटआउट रहे। यो जितसँगै सन्दीप र दीपेन्द्रको टिम भ्यानकुभरले ग्लोबल टी-२० लिगको यात्रा अन्त्य गरेको छ। समूह चरणाका सबै खेल खेलिसक्दा एक जित र वर्षाले अवरुद्ध खेलमा १ अंक बनाएको भ्यानकुभर तीन अंकसहित तालिकाको पुछारमा छ।

छैटौ खेलमा आइतबार राति नेपाली राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेल सहभागी टोरोन्टो नेसनल्ससँग भ्यानकुरभर १९ रनले पराजित भएको थियो। उक्त खेलमा नेपालका लेग स्पिन सन्दीप लामिछानेले पूरै ४ ओभर बलिङ गर्दा ३२ रन खर्चिएर एक विकेट हात पारेका थिए भने अलराउण्डर दीपेन्द्रसिंहले दुई ओभर बलिङ गर्दा विना विकेट १६ रन खर्चिएका थिए। १२८ रनको लक्ष्य पाएको भ्यानकुभरको लागि नेपालका दीपेन्द्रले १२ बलको सामना गर्दै एक छक्काको मद्तमा १३ रन बनाएका थिए। तीन बलको सामना गरेका सन्दीप भने शून्यमा आउट भए।

सन्दीपको टिम अन्तिम खेलमा मात्र विजयी भए पनि ग्लोबल टि-२० मा उनको गुग्लीको चर्चा भइरहेको छ। ७ खेलका ६ इनिङ खेलेका सन्दीपले १७० रन खर्चिएर आठ विकेट लिएका छन्। ग्लोबल टि-२०को सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा उनी टप १० मा छन्।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  ६ : १३ बजे

क्यानडाविरुद्ध अफगानिस्तानको फराकिलो जित, मोहम्मद नाबीले लिए चार विकेट

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’को खेलमा

जुम्ला जिप दुर्घटनामा घाइते भएका निर्वाचन प्रहरीको हेलिकोप्टरबाट उद्धार

जुम्ला – जुम्लाको तातोपानी गाउँपालिका–६ धौलापानीमा आज जिप दुर्घटनामा परी

हाम्रो सरकार नढालेको भए जेनजी आन्दोलन नै हुने थिएन : नारायणकाजी

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठले कांग्रेस र

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना सकियो

चितवन – चितवन र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणना

चुनाव बिथोल्ने गतिविधि गरेको आरोपमा वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य पक्राउ

काठमाडौँ- आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य पक्राउ परेका