गुडिरहेको माइक्रोमाथि रूख ढल्दा नौ जना घाइते « Khabarhub

गुडिरहेको माइक्रोमाथि रूख ढल्दा नौ जना घाइते


२१ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


23.4k
Shares
  • change font
  • change font
  • change font

मलेखु– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका-५ जरेमा गुडिरहेको माइक्रो बसमाथि रूख ढल्दा नौ यात्रु घाइते भएका छन् ।

धादिङबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती १–००६च ६२१२ नम्बरको माइक्रो बसमाथि जरेपुलनजिक रूख ढल्दा उक्त दुर्घटना भएको हो । 

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार घाइते यात्रुको गजुरीका विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । 

‘घाइते सबै खतरामुक्त रहेका छन्’, प्रहरी नायब उपरीक्षक मिश्रले भने। रूख ढल्दा पृथ्वी राजमार्ग केहीबेर दुईतर्फी  अवरूद्ध बनेको थियो । अहिले दुईतफीरुपमा यातायात सेवा सञ्चालन भएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  १२ : १२ बजे

सद्भाव र शान्तिको सन्देश दिँदै सर्लाहीमा र्‍याली

काठमाडौँ– सुनसरीको कप्तानगञ्जमा भएको जातीय हिंसापछि देशका विभिन्न स्थानमा तनाव

गोदावरी मार्बलको खण्डहर स्वरुप (तस्बिर)

काठमाडौँ– उद्योगका याद विस्मृत भएका छैनन् । कुन कुनामा के

सुनसरीमा कर्फ्यु हट्यो, निषेधाज्ञा यथावत

सुनसरी– जिल्ला प्रशासन कार्यालय सुनसरीले यही साउन १२ गतेदेखि जिल्लाका

रुइला र ङुइला नाका खुलेपछि स्थानीय हर्षित

काठमाडौँ– चीनको स्वशासित क्षेत्र सिजाङ (तिब्बत)सँग जोडिएका रुइला र ङुइला

दुबईस्थित नेपाली महावाणिज्यदूतावासको सेवा प्रभावकारिताबारे छलफल

दुबई– संयुक्त अरब इमिरेट्स (युएई) को दुबईस्थित नेपालको महावाणिज्यदूतावासले सेवा