फास्ट ट्रयाकको भौतिक प्रगति ३५ प्रतिशत, २०८३ चैत मसान्तसम्म सेनाले गाडी गुडाउने | Khabarhub Khabarhub

फास्ट ट्रयाकको भौतिक प्रगति ३५ प्रतिशत, २०८३ चैत मसान्तसम्म सेनाले गाडी गुडाउने


२२ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– राष्ट्रिय गौरवको काठमाडौं–तराई-मधेस द्रूतमार्गको भौतिक प्रगति ३५ प्रतिशत पुगेको जानकारी नेपाली सेनाले दिएको छ ।

निर्माणधीन द्रूतमार्गको घट्टेपाँखा–धेद्रे सुरुङ छिचोल्ने कार्यक्रमका क्रममा प्रस्तुतिकरण गर्दै नेपाली सेनाले यसबारेमा जानकारी दिएको हो ।

मकवानपुरको बकैया गाउँपालिका–१२ धेद्रेस्थित काठमाडौं–निजगढतर्फको एक दशमलव सात सय २८ किलोमिटर लामो सुरुङ सोमबार ‘ब्रेक थ्रू’पछिको कार्यक्रममा सेनाले यसबारेमा जानकारी दिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री विष्णु पौडेल तथा चीन र दक्षिण कोरियाका राजदूतसमेतको उपस्थितिमा भएको उक्त कार्यक्रममा सेनाले २०८३ चैतसम्म ट्रयाक खोलिसक्ने जानकारी दिएको हो ।

आयोजनाको हालसम्मको प्रगतिबारे नेपाली सेनाको तर्फबाट गरिएको प्रस्तुतिकरणका क्रममा भौतिक प्रगति ३५.३८ प्रतिशत रहेको उल्लेख गरिएको छ । सेनाले यो आयोजना वि. सं. २०८३ चैत्रसम्म सम्पन्न गर्ने लक्ष्य लिइएको जनाएको छ ।

सुरुङ ब्रेक थ्रू कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवको यस आयोजनाले नेपालको अर्थतन्त्रमा विशेष महत्त्व राख्ने उल्लेख गरे ।

यो आयोजनाले प्रविधि हस्तान्तरण र आधुनिक प्रविधिको प्रयोगमा नयाँ अनुभव हासिल गर्न सघाउ पुगेको उनको भनाइ थियो ।

विगतको तुलनामा सामाजिक, आर्थिक र भौतिक पूर्वाधारको क्षेत्रमा उल्लेख्य प्रगति भएको बताएका उनले यी क्षेत्रका काम अगाडि बढाउन सक्षम जनशक्ति आवश्यक पर्ने जानकारी दिए ।

आयोजनामा आउने जस्तोसुकै बाधालाई सरकारको तर्फबाट समाधान गर्ने आश्ववासन दिँदै उनले जग्गा प्राप्तिमा रहेका अवरोध हटाँउदै तीव्र गतिमा आयोजना सम्पन्न गर्न सहयोग रहने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  १२ : ५६ बजे

सार्वजनिक संस्थानलाई दुई समूहमा वर्गीकरण गरिने

काठमाडौं– सार्वजनिक संस्थानलाई व्यावसायिक र रणनीतिक गरी दुई समूहमा वर्गीकरण

चीन र आसियानबीच ‘स्वतन्त्र व्यापार’ सम्झौतामा हस्ताक्षर

क्वालालम्पुर– चीनले मङ्गलबार दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) सँग स्वतन्त्र

आगामी पुसमा बाघ गणना गरिने

चितवन- आगामी पुसमा बाघ गणना गरिने भएको छ । पर्सा,

अन्नपूर्ण आधार शिविरमा पदयात्रा रोकियो : पर्यटकलाई नारच्याङ र भुरुङ्ग तातोपानीमा ल्याइयो

म्याग्दी– हल्का वर्षा सहित हिमपात भएपछि म्याग्दी र मुस्ताङका पर्यटकीयस्थलका

पर्यटक भन्छन्– ‘मानुङकोटको सुन्दरताले लोभ्यायो’

तनहुँ– ‘सामाजिक सञ्जालमा मानुङकोटका दृश्य देखेका थियौँ, आज प्रत्यक्ष आँखाले