फास्ट ट्रयाकको भौतिक प्रगति ३५ प्रतिशत, २०८३ चैत मसान्तसम्म सेनाले गाडी गुडाउने « Khabarhub

फास्ट ट्रयाकको भौतिक प्रगति ३५ प्रतिशत, २०८३ चैत मसान्तसम्म सेनाले गाडी गुडाउने


२२ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– राष्ट्रिय गौरवको काठमाडौं–तराई-मधेस द्रूतमार्गको भौतिक प्रगति ३५ प्रतिशत पुगेको जानकारी नेपाली सेनाले दिएको छ ।

निर्माणधीन द्रूतमार्गको घट्टेपाँखा–धेद्रे सुरुङ छिचोल्ने कार्यक्रमका क्रममा प्रस्तुतिकरण गर्दै नेपाली सेनाले यसबारेमा जानकारी दिएको हो ।

मकवानपुरको बकैया गाउँपालिका–१२ धेद्रेस्थित काठमाडौं–निजगढतर्फको एक दशमलव सात सय २८ किलोमिटर लामो सुरुङ सोमबार ‘ब्रेक थ्रू’पछिको कार्यक्रममा सेनाले यसबारेमा जानकारी दिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री विष्णु पौडेल तथा चीन र दक्षिण कोरियाका राजदूतसमेतको उपस्थितिमा भएको उक्त कार्यक्रममा सेनाले २०८३ चैतसम्म ट्रयाक खोलिसक्ने जानकारी दिएको हो ।

आयोजनाको हालसम्मको प्रगतिबारे नेपाली सेनाको तर्फबाट गरिएको प्रस्तुतिकरणका क्रममा भौतिक प्रगति ३५.३८ प्रतिशत रहेको उल्लेख गरिएको छ । सेनाले यो आयोजना वि. सं. २०८३ चैत्रसम्म सम्पन्न गर्ने लक्ष्य लिइएको जनाएको छ ।

सुरुङ ब्रेक थ्रू कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवको यस आयोजनाले नेपालको अर्थतन्त्रमा विशेष महत्त्व राख्ने उल्लेख गरे ।

यो आयोजनाले प्रविधि हस्तान्तरण र आधुनिक प्रविधिको प्रयोगमा नयाँ अनुभव हासिल गर्न सघाउ पुगेको उनको भनाइ थियो ।

विगतको तुलनामा सामाजिक, आर्थिक र भौतिक पूर्वाधारको क्षेत्रमा उल्लेख्य प्रगति भएको बताएका उनले यी क्षेत्रका काम अगाडि बढाउन सक्षम जनशक्ति आवश्यक पर्ने जानकारी दिए ।

आयोजनामा आउने जस्तोसुकै बाधालाई सरकारको तर्फबाट समाधान गर्ने आश्ववासन दिँदै उनले जग्गा प्राप्तिमा रहेका अवरोध हटाँउदै तीव्र गतिमा आयोजना सम्पन्न गर्न सहयोग रहने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  १२ : ५६ बजे

सरकारको अधिकार खोस्दै सिरहाका व्यापारीले आफूखुसी बढाए ग्यासको मूल्य, प्रशासन हेरेको हेर्‍यै

सरकारले खाना पकाउने एलपी ग्यासको मूल्य निर्धारण गर्छ । नियामक

साउदीको लाल सागर तटस्थित रिफाइनरीमा आक्रमण गरेको हुथीको दाबी

साना- साउदी अरबको लालसागर तटस्थित जिजानमा रहेको तेल प्रशोधन केन्द्रमा

लामो समयदेखि पुल नबन्दा जोखिम बढ्दै

जनकपुरधाम– हुलाकी सडकअन्तर्गत जनकपुर-भिठ्ठामोड जोड्ने सडकमा पर्ने महोत्तरीको महोत्तरी गाउँपालिका-१ पर्सास्थित

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी– बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा एक

माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै

चितवन– चितवन राष्ट्रिय निकुञ्जको आठ किलोमिटर क्षेत्रमा विद्युतीय तार भूमिगतको