भारतविरुद्ध श्रीलंकाललाई ऐतिहासिक सिरिज « Khabarhub

भारतविरुद्ध श्रीलंकाललाई ऐतिहासिक सिरिज


२३ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


645
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । भारतविरुद्धको एकदिवसीय सिरिज श्रीलंकाले जितेको छ । बुधबार भएको तेस्रो तथा अन्तिम खेलमा भारतलाई ११० रनको अन्तरले हराउँदै श्रींलकाले सिरिज २–० ले जितेको हो । यसअघि पहिलो खेल बराबरीमा सकिँदा दोस्रो खेल श्रीलंकाले ३२ रनले जितेको थियो ।

जितकालागि श्रीलंकाले दिएको २४९ रनको लक्ष्य पछ्याएको भारतले २६.१ ओभरमा अलआउट हुँदै १३८ रन मात्र बनाउन सक्यो । भारतका लागि कप्तान रोहित शर्माले ३५ रन बनाएपछि टोलीको हार टार्न सकेनन् । त्यस्तै वासिङ्टन सुन्दरले ३०, विराट कोहलीले २०, रियान परागले १५ रन बनाए । अन्य खेलाडीको प्रदर्शन उल्लेखनीय रहेन ।

भारतलाई सस्तैमा समेट्न श्रीलंकाका डुनिथ भेलालागेले सर्वाधिक ५ विकेट लिए । ५.१ ओभर बलिङ गरेका उनले मात्र २७ रन खर्चिए । तेक्षाना र वान्डरसेको नाममा २२ विकेट रह्यो ।

त्यसअघि कोलम्बोस्थित आर प्रेमदासा क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २४८ रन बनाएको थियो । उसका लागि अविष्का फर्नान्डोले सर्वाधिक ९६ रन बनाए । १२७ बलको सामना गरेका उनले ९ चौका र २ छक्का प्रहार गरे ।

त्यस्तै कुशले मेण्डिसले ५९ ,पथुम निसान्काले ४५ तथा कामिन्दु मेन्डिसले २३ रन बनाए । यसअघ सन् १९९७ मा श्रीलंकाले भारतविरुद्धको एकदिवसीय सिरिज जितेको थियो । त्यसयता लगातार ११ ओडिआई सिरिज गुमाएको श्रीलंकाले २७ वर्षपछि सफलता हात पारेको हो ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ९ : २४ बजे

फ्लेभियो बोल्सोनारो र परिवारलाई अमेरिकाले भिसा दिने

एजेन्सी-ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित फ्लेभियो

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य

विना बर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्तिविरुद्ध ओलीको खबरदारी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको