जापानमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामी चेतावनी « Khabarhub

जापानमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामी चेतावनी


२४ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


26.1k
Shares
  • change font
  • change font
  • change font

टोक्यो- जापानमा बिहीबार अपरान्ह शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ। अमेरिकन भौगर्भिक विभागका अनुसार दक्षिणी जापानमा शक्तिशाली भूकम्प को धक्का महसुस भएको हो ।

जापानी टेलिभिजन एनएचके वर्ल्डका अनुसार भूकम्पपछि मियाजाकी, कोची, ओइता, कगोशिमा जस्ता इलाकामा सुनामीको चेतावनी जारी गरिएको छ।

जपानका प्रधानमन्त्रीले पनि भूकम्पपछि सरकारको तर्फबाट केही निर्देशन जारी गरेका छन् ।

प्रधानमन्त्रीको निर्देशनअुनसार जनतालाई समयमै सुनामी र अन्य जोखिमबारेको सूचना तत्काल दिन भनिएको छ ।

साथै क्षति रोक्नका लागि नागरिकलाई जोखिमयुक्त स्थानबाट निकाल्ने जस्ता कदम चाल्न भनिएको छ । सम्भावित क्षतिको तत्काल आकलन गर्न पनि उनले सरकारी  निकायलाई भनेका छन् ।

स्थानीय सरकारसँग मिलेर काम गर्न नियमित सम्पर्कमा रहन आग्रहसहित जापानी प्रधानमन्त्रीले नागरिकको ज्यान बचाउन कुनै कसर बाँकी नराख्न भनेका छन् ।

भूकम्पको केन्द्र जापानको क्यूशु द्वीपमा जमीनबाट करिब ८.८ किलोमिटर तल रहेको बताइएको छ। यसअघि १ जनवरीमा पनि त्यहाँ ७.८ म्याग्निच्युडको भूकम्प आएको थियो ।

यसमा ३१८ जना मानिस मारिएका थिए भने १३ सय घाइते भएका थिए । इशिकावामा भूकम्पले कयौँ स्थानको जमिन फाटेको थियो । यसका कारण २०० घर जलेर ध्वस्त भएका थिए ।

यसअघि मार्च २०११ मा जापानमा अहिलेसम्मकै खतरनाक भूकम्प आएको थियो। जसकाकारण १६ हजार मानिस मारिएका थिए ।

जापानको ‘सुनामी वार्निङ सिस्टम’ का अनुसार यदि भूकम्पपछि एडभाइजरी या अलर्ट जारी गर्नका लागि समुद्रमा १ मिटर अग्लो लहर उठेमा निर्णय लिइन्छ । सुनामीको उचाई बढेर पछी ३ देखि ५ मिटर पुग्छ । यदि ५ मिटर समुद्री लहर उठेमा त्यसलाई मुख्य सुनामी मानिन्छ ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहीबार  २ : ५७ बजे

कटुवा पेस्तोलसहित एक युवा पक्राउ

तनहुँ– आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक युवालाई

पाटन उच्च अदालतमा युवतीले गरिन् आत्महत्याको प्रयास 

काठमाडौं– उच्च अदालत पाटनमा एक युवतीले आत्महत्याको प्रयास गरेकी छन्

शेखरको प्रश्न : लुटिएका हतियार, भागेका कैदी बाहिर छन् यसबारेमा सरकारले के सोचेको छ ?

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले फागुन २१ मा

इयुको ९० अर्ब युरो सहयोग सम्झौता

एजेन्सी– युरोपेली सङ्घ (इयु) का नेताहरूले युक्रेनलाई आगामी दुई वर्षसम्म

एनआरएनएद्वारा प्रहरी वृत्त दरबारमार्गलाई ब्यारिकेड हस्तान्तरण (तस्बिरहरू)

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल प्रहरीको दरबारमार्ग स्थित प्रहरी