‘जाइरा’ ले पूरा गर्ला नम्रताको सपना? | Khabarhub Khabarhub

‘जाइरा’ ले पूरा गर्ला नम्रताको सपना?


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेत्री नम्रता श्रेष्ठ यतिबेला फिल्म ‘जाइरा’ को प्रचारमा खुलेर लागेकी छिन् । यसअघि उनको अभिनय रहेको फिल्म ‘प्रसाद’ प्रदर्शनमा आएको थियो । फिल्मबाट उनले राम्रो तारिफ बटुलिन् । त्यसो त नम्रतालाई दमदार अभिनय गर्ने नायिकाका रुपमा पनि लिने गरिन्छ ।

नम्रतालाई दर्शकले एक कुशल ‘लभर गर्ल’ का रुपमा चिनेका छन् । उनले अभिनय गरेका प्रायः फिल्ममा नम्रतालाई चोखो प्रेम गर्ने युवतीका रुपमा देख्न सकिन्छ । त्यसैले पनि धेरैले नम्रतालाई लभर गर्लका रुपमा बढी देख्न चाहन्छन् ।

तर, नम्रता भने आफूलाई दर्शकले लभर गर्लका रुपमा मात्र नचिनेर सबै विधामा अभिनय गर्न सक्ने नायिकाका रुपमा छाप परोस् भन्ने चाहन्छिन् । आफ्नो फरक भूमिकामा काम गर्ने सपना पूरा गर्नका लागि नै यो फिल्ममा लगानी गरेको बताउने नम्रता ‘जाइरा’ मा एक्सन अवतारमा देखिँदैछिन् ।

टिजर र ट्रेलरमा नम्रताको लूक देखाइएको छ । यही फिल्मका लागि उनले कपाल समेत छोटो बनाएकी थिइन् । उनको कामको तारिफ पनि गरिएको छ ।

तर, उनले बनाएको लभर गर्लको छाप छोड्न यही एउटा फिल्म काफी नहुन पनि सक्छ । किनकि, उनका जति पनि हिट फिल्म छन्, ती प्राय प्रेमकथामा नै आधारित छन् ।

भोलि शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्म ‘जाइरा’ नम्रताका कारण त चर्चामा छ तर यो फिल्मबाट उनले कस्तो प्रतिक्रिया पाउने छिन्, त्यसका लागि भने केही दिन कुर्नुपर्ने छ । फिल्मबाट राम्रो प्रतिक्रिया पाउनेमा उनी भने ढुक्कजस्तै देखिन्छिन् ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  ५ : १३ बजे

असार १५ गतेसम्ममा शिक्षा विधेयक पास हुन्छ : शिक्षामन्त्री पन्त

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई

पतञ्जलि जग्गा प्रकरणमा एमालेले पूर्वाग्रह राख्यो भन्न मिल्दैन : उपाध्यक्ष पोखरेल

काठमाडौं – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पतञ्जलि जग्गा

इरानद्वारा अमेरिकी यात्रा प्रतिबन्धको विरोध, जातीय पूर्वाग्रही सोचको आरोप

एजेन्सी– इरानले शनिबार संयुक्त राज्य अमेरिकाले आफू र अन्य ११

प्रधानमन्त्रीबाट जीवन विकास सामुदायिक अस्पतालको उद्‌घाटन

मोरङ– प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङको कटहरी–२ स्थित जीवन विकास

पदयात्रा पर्यटनसँग जोडिदै सिङ्दी घरवास

गण्डकी– लमजुङको क्होलासोँथर गाउँपालिका वडा नं ५ सिङ्दीमा सञ्चालित सिङ्दी