ऐतिहासिक र धार्मिक महत्त्व बोकेको काँक्रेविहार (फोटो फिचर) « Khabarhub

ऐतिहासिक र धार्मिक महत्त्व बोकेको काँक्रेविहार (फोटो फिचर)


२६ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काँक्रेविहार – सुर्खेत विरेन्द्रनगरबाट करिब १० मिनेटको दुरीमा रहेको काँक्रेविहार उपत्यकाको सवैभन्दा उचाई र शान्त वातावरणमा रहेको स्थान हो। सुर्खेतको कोलाहाल छल्न र शान्त वातावरणको आनन्द लिन आज भोलि  मानिस यहाँ आउने गर्दछन्।

भग्नावशेषकै रुपमा रहेको बेला वि.सं. २०२९ सालमा तत्कालीन राजा वीरेन्द्रको सुर्खेत भ्रमण पश्चात सो विहारको महत्व बढेको देखिन्छ भने यसको पुननिर्माण कार्य चाहिँ वि.सं. २०७५ गरिएको थियो।

ढुङ्गामा कुदिएका बुद्धका कलाआकृति, विभिन्न बुट्टा हेर्दा यस्तो लाग्छ उत्कृष्ट शिल्पकारी कालिगढको नमुनाकै रुपमा रहेको छ, सो काँक्रेविहार।

सो काँक्रेविहारको ऐतिहासिक र पुरातात्त्विक पक्षको भने अझै गहन अध्ययन, अनुसन्धान र अन्वेषणको आवश्यकता देखिन्छ। विहारको निर्माण १३ औँ शताब्दीतिर भएको अनुमान गरिएको पाइन्छ।

केही तथ्य अनुसार सिञ्जा साम्राज्यका राजा अशोकले वि.सं. १३२५ मा काँक्रेविहार निर्माण गरेका हुन् भन्ने पनि गरिन्छ।

उपत्यकाको उचो भागमा शिखरशैली रहेको सो विहार हाल सुर्खेत आउने पर्यटकको पहिलो रोजाइमा पर्ने गरेको छ। ऐतिहासिक, धार्मिक र पुरातात्त्विक महत्व बोकेको काँक्रेविहार कर्णाली प्रदेशकै एक उत्कृष्ट पर्यटकीय स्थलको रुपमा रहेता पनि यसको व्यापक प्रचारप्रसारको भने आवश्यकता देखिन्छ। तस्बिरः नेपाल फोटो लाइब्रेरी।

प्रकाशित मिति : २६ श्रावण २०८१, शनिबार  ९ : ५२ बजे

सीको जोड : बलियो सेना, भ्रष्टाचार नियन्त्रण र ताइवानसँग एकीकरण

बेइजिङ- चिनियाँ राष्ट्रपति सी जिनपिङले देशको रक्षा क्षमता थप सुदृढ बनाउने,

सञ्चारमन्त्रीसँग नेपालका लागि अस्ट्रेलियाका राजदूतद्वारा शिष्टाचार भेटवार्ता

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग नेपालका लागि अस्ट्रेलियाका

सार्वजनिक खरिदको नयाँ विधेयकमा ३० प्रतिशत कमको प्रस्ताव अमान्यदेखि श्रमिकलाई सामाजिक सुरक्षामा आबद्ध गर्नुपर्नेसम्म

काठमाडौं– नेपालको विकास निर्माण तथा सार्वजनिक खरिदको मेरुदण्ड मानिने सार्वजनिक

पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो : निगम

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री वितरणमा देखिएको समस्या

राष्ट्रिय ध्वजावाहकको पुनर्जागरणका लागि सबै इमान्दार बनौँ : मन्त्री पौडेल

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले राष्ट्रिय ध्वजावाहक