तुलसी सहकारीका अध्यक्ष केदारनाथ शर्मालाई जेलबाट ल्याएर समितिद्वारा सोधपुछ « Khabarhub

तुलसी सहकारीका अध्यक्ष केदारनाथ शर्मालाई जेलबाट ल्याएर समितिद्वारा सोधपुछ


२६ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तुलसी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मालाई समितिले सोधपुछ गरेको छ ।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिले शनिबार शर्मालाई नख्खु जेलबाट ल्याएर सोधपुछ गरेको हो । 

सहकारीको बचत दुरुपयोगमा संलग्न व्यक्तिहरूमध्ये शर्मालाई समितिको ३४ औँ बैठकमा ल्याएर सोधपुछ गरिएको समिति सभापति सूर्य थापाले बताए । 

विशेष समितिको कार्यविधि अनुसार विभिन्न सहकारी दुरुपयोगमा संलग्न व्यक्तिहरूको सोधखोज भइरहेको समिति सदस्य सरिता भुसालको भनाइ छ ।

 हिजो शुक्रबार समितिले डम्बरबहादुर तामाङ, गोरखा बचत तथा ऋण सहकारी संस्था ललितपुरका पूर्वअध्यक्ष डिबी बम्जन,  गोरखा बचत तथा ऋण सहकारी संस्था, ललितपुरका अध्यक्ष इमानसिंह राई, श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था पुलचोक ललितपुरका कार्यकारी प्रमुख सुरेन्द्र भण्डारी, गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था कुलेश्वर काठमाडौंका सचिव रामबहादुर गौतमलाई सोधपुछ गरेको थियो । 

आज समितिले तुलसी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मालाई सोधपुछ गरिसकेको छ ।

समितिले आजै गीता शर्मा,  शिवि लामा र नुनम सुब्बालाई सोधपुछ गर्ने छ ।

प्रकाशित मिति : २६ श्रावण २०८१, शनिबार  २ : ३१ बजे

बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ६ जनाको उद्धार : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री बालेन शाहले बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ६ जनाको

नेपाली सनाको उद्धार टोली बूढीगण्डकी बाढी प्रभावितस्थलमा

काठमाडौँ– बूढीगण्डकीको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार टोली

बूढीगण्डकी बाढी : सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट बूढीगण्डकीमा

बाढीको जोखिमपछि गोरखाको आरुघाट बजार खाली गराइयो (तस्बिरहरु)

गोरखा– बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीपछि बाढीको जोखिमलाई मध्यनजर गर्दै

बूढीगण्डकी बाढी प्रभावितको उद्धारका लागि हेलिकप्टर परिचालन भइसक्यो : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले बूढीगण्डकी नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल