रकम अशुली अभियोगमा अपराध अभियोजनकर्ता नै पक्राउ « Khabarhub

रकम अशुली अभियोगमा अपराध अभियोजनकर्ता नै पक्राउ


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मेसेडोनिया– जबरजस्ती रकम अशुलीको अभियोगमा उत्तरी मेसेडोनियाकी विशेष अपराध अभियोजनकर्ता पक्राउ परेकी छिन् ।

आफ्नो कार्यालयले अनुसन्धान गरिरहेका एक व्यापारीसँग रकम अशुलेको अभियोगमा उत्तरी मेसेडोनियाकी संगठित अपराधका लागि विशेष अभियोजनकर्ता कटिचा यानेभालाई पक्राउ गरिएको उत्तरी मेसेडोनियाको प्रहरीले जनाएको छ ।

उनीविरुद्ध व्यापारी ओर्चे कामचेभसँग १५ लाख युरो अशुली गरेको अभियोग लागेको छ । यो प्रकरणमा यसअघि दुई जनालाई पक्राउ गरिएको थियो ।

अभियोजनकर्ता यानेभाले भने आफूले कुनै गल्ती नगरेको बताउँदै आएकी छिन् । त्यहाँका प्रमुख अभियोजनकर्ता ल्यूबोमिर योभेस्कीले भने यानेभाले आफ्नो शक्तिको दुरुपयोग गरी अपराधिक कार्य गरेको प्रमाण फेला परेको दाबी गरेका छन् ।

उत्तरी मेसेडोनियामा उच्च तहसम्म संगठित अपराधको जालो फैलिएको विश्वास गरिन्छ । यसैलाई न्यूनीकरण गर्नका लागि सन् २०१५ मा युरोपेली युनियन ईयूको मध्यस्थतामा संगठित अपराध अभियोजनकर्ताको कार्यालय स्थापना गरिएको थियो ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  ८ : २६ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको