पार्टी रूपान्तरणबारे सबै नेताहरूको एकमत « Khabarhub

पार्टी रूपान्तरणबारे सबै नेताहरूको एकमत


२७ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साउन २५ गतेदेखि सुरु भएको माओवादी स्थायी कमिटी बैठकमा नेताहरूले सुझाव दिने क्रम जारी छ ।

आइतबार भएको स्थायी कमिटी बैठकमा पनि बोल्ने क्रममा अधिकांश नेताले पार्टी रूपान्तरण भएर जानुपर्ने एजेन्डामा पूर्ण रूपमा सहमति जनाएका छन् ।

पूर्व माओवादीहरूले नै माओवादी पार्टी राम्रो भन्न छोडेकाले नेताहरूले पार्टी सचिएर रूपान्तरण भएर जानुको विकल्प नभएको अधिकांश नेताहरूले धारणा राखेको बैठकमा सहभागी एक स्थायी कमिटी सदस्यले खबरहबरलाई जानकारी दिए ।

सो बैठकमा उनले ‘पार्टी निर्माणका समस्या, समाधानका उपाय र आगामी कार्यभार’ शीर्षकमा पार्टी उपमहासचिव जनार्दन शर्माले १४ पृष्ठ लामो प्रस्ताव पेस गरेका थिए ।

सो प्रस्तावका केही अंशहरूमा अधिकांश स्थायी कमिटी सदस्यहरूले सहमति जनाएका छन् । तर प्रचण्डले पार्टी नेतृत्व छाडेर अभिभावक बन्नुपर्ने र तेस्रो पुस्तालाई पार्टी हस्तान्तरण गर्नुपर्ने विषयमा भने धेरै नेताहरूले विमति जनाएको बैठकमा सहभागी अर्का स्थायी समिति सदस्यको भनाइ ।

सदस्यले खबरहरूलाई भने, ‘जनार्दन कमरेडले राखेका कतिपय कुराहरूमा हाम्रो सहमति छ तर अहिले नै पार्टी तेस्रो तहका नेतामा पुस्तान्तरण हुने कुरामा भने गम्भीर छलफल र विमर्श गर्नुपर्ने आवश्यक छ।’

बैठकमा जनार्दनसहित पार्टी सचिव राम कार्कीले पनि पार्टी रूपान्तरण पुस्तान्तरण र परिमार्जन सहितको नयाँ विचार आउनुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  १ : ३९ बजे

असोज पहिलो सातादेखि पोखरा–दुबई सिधा उडान

गण्डकी- दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज

रास्वपा सचेतक क्रान्तिशिखा धितालको अभिव्यक्तिप्रति जेन-जी सहिद परिवारको आपत्ति

काठमाडौं- जेन-जी सहिद परिवारहरुले जेन-जी सहिद प्रथम स्मृति दिवसको कार्यक्रमप्रति

ग्रामीण क्षेत्रमा खानेपानीको पहुँच पुर्‍याउँदै प्रदेश सरकार

काभ्रेपलाञ्चोक- बाग्मती प्रदेश सरकारले जिल्लाका ग्रामीण क्षेत्रमा खानेपानीको पुहँच विस्तार

लोप हुँदै भटमासखेती

तेह्रथुम- कुनै समय तेह्रथुमका गाउँबस्तीमा प्रमुख दलहन बालीका रूपमा खेती

केन्द्रीय कार्यसम्पादन समितिको निर्णयप्रति देउवा पक्ष असहमत

काठमाडौं- नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले महाधिवेशनको तालिका