सुदूरपश्चिम प्रदेशसभामा राजश्व सङ्कलनसम्बन्धी अध्यादेश पेस « Khabarhub

सुदूरपश्चिम प्रदेशसभामा राजश्व सङ्कलनसम्बन्धी अध्यादेश पेस


२७ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशसभाको बैठकमा ‘सुदूरपश्चिम प्रदेश सामयिक राजश्व सङ्कलनसम्बन्धी अध्यादेश,२०८१’ पेस गरिएको छ । आज प्रारम्भ भएको प्रदेशसभाको पाँचौ अधिवेशनको पहिलो दिनको बैठकमा प्रदेश सरकारका आर्थिक मामिला मन्त्री बहादुरसिंह थापाले अध्यादेश पेस गरेका हुन् ।

मन्त्री थापाले बजेट पारित नभएको, राजश्व सङ्कलन गर्न कानुनी व्यवस्था नभएकोे अवस्थामा राजश्व सङ्कलनका लागि नेपालको संविधानको धारा २०३ बमोजिम अध्यादेश जारी गरिएको बताए । अध्यादेश जारी गरिएसँगै कर, दस्तुर, सेवा शुल्क, महशुल, दण्ड जरिवाना, रोयल्टी, ब्याज सङ्कलनका लागि बाटो खुलेको छ ।

बैठकको प्रारम्भमा सभामुखबाट समय लिएर प्रदेशसभा सदस्य जुनाकुमारी दानीले वर्षासँगै बाजुराको हिमाली गाउँपालिका—३को गोरुखर्कमा यही साउन २६गते गएको पहिरोमा परी भएको धनजनको क्षतिप्रति सरकारको ध्यानाकर्षण गराएका थिए ।

उनले पहिरोमा परी प्रेमकला बुढा, हङ्स बुढा, ललिता बुढा र अनौति रोकाया घाइते भएको, ४१ पशु चौपाया मरेको र पहिरोका कारण ३० परिवार समस्यामा परेको उल्लेख गर्दै घाइतेको उपचारको व्यवस्था गरी प्रभावितलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन ध्यानाकर्षण गराए । उनले वर्षासँगैको पहिरोका कारण अवरुद्ध बनेको साँफे–मार्तडी सडक र मार्तडी–कोल्टी सडकमा आवागमन चाँडो सञ्चालनको माग गरे ।

आजको बैठकमा सभामुख भीमबहादुर भण्डारीले सुदूरपश्चिम प्रदेशसभा नियमावली बमोजिम विधायन तथा प्रदेश मामिला समिति सदस्यमा रमेशसिंह धामी र लक्ष्मी बिक, सार्वजनिक लेखा समिति सदस्यमा दीर्घबहादुर सोडारी, गीतादेवी माल, र अक्कलबहादुर रावल, सामाजिक विकास समिति सदस्यमा माया पन्त, ओम विक्रम भाट र झपटबहादुर साउँदलाई मनोनयन गरिएको जानकारी गराए ।

बैठकको प्रारम्भमा सभामुख भण्डारीले पाँचौँ अधिवेशन आह्वानसम्बन्धी गरिएको प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा वाचन गरे ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  ७ : २४ बजे

घुस रकमसहित प्रहरी निरीक्षक पक्राउ

धनुषा– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको मिथिला नगरपालिका–१० लालगढबाट सशस्त्र

इरानी क्षेप्यास्त्र प्रहारबाट बहराइनमा रहेको अमेजन क्लाउड संरचनामा क्षति

मनामाह- इरानी क्षेप्यास्त्र प्रहारका कारण बहराइनमा रहेको अमेरिकी प्रविधि कम्पनी

तस्बिरमा हेर्नुहोस् तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो

काठमाडौं– तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो बिहीबार चैत्र १९ देखि भृकुटीमण्डपमा

इरानद्वारा इजरायलमा नयाँ क्षेप्यास्त्र प्रहार

एजेन्सी– मध्यपूर्वमा जारी द्वन्द्व थप उग्र बन्दै जाँदा इजरायलमाथि इरानबाट

सुडानको अस्पतालमा ड्रोन आक्रमण, दश जनाको मृत्यु

एजेन्सी– मध्य सुडानको ह्वाइट नाइल राज्यको अल–जबालाइन अस्पताललाई लक्षित गरी