स्वर्ण पदक विजेता दुई खेलाडीलाई नगदसहित सम्मान « Khabarhub

स्वर्ण पदक विजेता दुई खेलाडीलाई नगदसहित सम्मान


२७ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

धादिङ – करातेमा नेपाललाई स्वर्ण पदक दिलाउन सफल धादिङकी समीक्षा ढुङ्गाना र एरिका गुरुङलाई नगदसहित सम्मान गरिएको छ । नीलकण्ठ नगरपालिकाले उनीहरूलाई नगद रु ५०/५० हजारसहित सम्मान गरेको हो ।

गत २० जुलाईमा भुटानमा सम्पन्न आठौँ दक्षिण एसियाली (साफ) कराते प्रतियोगितामा समीक्षाले नेपाललाई स्वर्ण पदक दिलाएकी थिइन् । नेपालको प्रतिनिधित्व गर्दै समीक्षाले ५३ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी थिइन् ।

यस्तै, २८ मार्चदेखि अप्रिल १ सम्म अमेरिकाको टेक्सासमा भएको युएस ओपन च्याम्पियनसीप कराते प्रतियोगितामा एरिकाले स्वर्ण पदक दिलाएकी थिइन् । उनले ६८ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी थिइन् ।

सम्मान ग्रहण गर्दै ढुङ्गानाले नीलकण्ठ नगरपालिकाको सम्मानले खेल क्षेत्रमा अघि बढ्न थप हौसला मिलेको बताइन् । “परिवार, साथीसङ्गी र गुरूहरूलगायत सबैको साथ सहयोगले मिलेको सफलताको खुसी बाड्न पाउँदा हर्षित छु । सम्मान र सफलतासँगै जिम्मेवारी पनि थपिएको छ । खेल क्षेत्रमा अझै नेपाललाई थप सफलता दिलाउने मेरो सपना छ”, उनले भनिन् ।

देशको शीर उचो बनाएका दुवै खेलाडीलाई प्रोत्साहनका लागि सम्मान गरिएको नगरप्रमुख भीमप्रसाद ढुङ्गानाले बताए । “दुवै जना खेलाडीले देशविदेशमा नेपालको नाम उच्चो बनाएका छन् । उहाँहरूको हौसला बढाउन प्रोत्साहन स्वरूप यो सम्मान गरेका हौँ’’, उनले भने ।

नगरउपप्रमुख दीपक विश्वकर्माले खेल र खेलाडीको हितमा नगरपालिकाले काम गरिरहेको बताए । “धादिङकी यी दुई चेलीले नेपाललाई स्वर्ण दिलाउनु सामान्य कुरा होइन, त्यसैले उहाँहरूको योगदानको सम्मान गर्नुपर्छ । साथै खेल क्षेत्रमा लगानी र प्रोत्साहन आवश्यक छ भन्ने ध्येयले विकास निर्माण जस्तै खेल क्षेत्रमा पनि नगरपालिकालाई अब्बल बनाउँछौँ ।”

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  ८ : ३८ बजे

भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १८८ पुग्यो, १,५०० भन्दा बढी घाइते

काठमाडौं – भेनेजुएलाको राजधानी काराकास आसपास केन्द्रबिन्दु बनाएर गएको दुई

रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्लेको उम्मेदवारी, बिराजभक्त प्रस्तावक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी महाधिवेशनअन्तर्गत

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन

काठमाडौं– बितेका २४ घण्टामा दुई हजार ४३८ सवारीचालक सवारी नियम

स्विडेनसँग बराबरी खेल्दै जापान विश्वकपको नकआउट चरणमा

काठमाडौँ – जारी २०२६ विश्वकपको समूह चरणको आफ्नो अन्तिम खेलमा

नदीजन्य पदार्थ उत्खनन रोक

मान्म– कालीकोटमा नदी, खोलाबाट ढुङ्गा, गिट्टी, बालुवालगायतका नदीजन्य पदार्थ उत्खननमा