अन्नपूर्ण गाउँपालिकामा विद्युत् अवरुद्ध, सेवा प्रवाहमा समस्या | Khabarhub Khabarhub

अन्नपूर्ण गाउँपालिकामा विद्युत् अवरुद्ध, सेवा प्रवाहमा समस्या


२८ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– यहाँको अन्नपूर्ण गाउँपालिकामा तीन दिनदेखि विद्युत् आपूर्ति अवरुद्ध भएको छ । 

अन्नपूर्ण गाउँपालिका–६ धिरच्याङमा कालीगण्डकीले शनिबार राति ३२-११ केभी क्षमताको प्रसारण लाइनका तीन वटा पोल र तार बगाएपछि गाउँपालिका विद्युत्विहीन बनेको हो । 

अन्नपूूर्ण गाउँपालिका–२ कटुञ्जेको भीरबाट खसेको पहिरोले कालीगण्डकीमा छाल उठ्दा २० मिटर माथि रहेको एउटा कृषि फार्म र विद्युत्को प्रसारण लाइनका पोल, तारमा क्षति पुगेको थियो । 

अन्नपूर्ण गाउँपालिका–६ का वडा अध्यक्ष रामबहादुर खड्काले विद्युत् अभावमा गाउँपालिकाको सेवा प्रवाह, मोबाइल, इन्टरनेट सेवा प्रभावित बनेको बताए। विद्यालयमा कम्प्युटर विषयका पठनपाठन सञ्चालन हुन सकेको छैन् । 

मोबाइलको टावरले काम गर्न छाडेको घोडेपानीका होटल व्यवसायी वीरेन गर्बुजा पुनले बताए । विद्युत् आपूर्ति अवरुद्ध हुँदा अन्नपूर्ण गाउँपालिकाको दोवा, भुरुङ तातोपानी, दाना, नारच्याङ, शिख, पाउद्वार, घार, हिस्तान, राम्चेका तीन हजार दुई सयभन्दा बढी घरधुरी अन्धकार भएका छन् । 

नेपाल विद्युत् प्राधिकरणको म्याग्दी बितरण केन्द्रका सूचना अधिकारी प्रकाश झाले नयाँ पोल राख्न प्रस्ताव गरिएको ठाउँका जग्गाधनीको विरोधका कारण लाइन मर्मतमा ढिलाई भएको जानकारी दिए। गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनको अगुवाईमा विवाद समाधान गरी सोमबार दिउँसोदेखि पोल गाड्न र तार तान्न थालिएको उनले बताए। 

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  १ : ५२ बजे

फन पार्क बनाउने क्रममा जग्गा रोक्का गरेपछि स्थानीयहरू सशंकित

जनकपुरधाम – महोत्तरीको बर्दिबास नगरपालिकाले रामजानकी फन पार्क बनाउने क्रममा

अधिवक्ता त्रिपाठीलाई रविका समर्थकले अदालत परिसरमै कुटे

काठमाडौं– काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा

बङ्गलादेशका अन्तरिम नेता युनुसद्वारा ‘चोरी भएको’ अर्बौंको सम्पत्ति फिर्ता गर्न माग

ढाका– बङ्गलादेशका अन्तरिम नेता मोहम्मद युनुसले गत वर्ष क्रान्तिबाट अपदस्थ

चन्द्रगढीमा भूकम्प सुरक्षा दिवस मनाइयो

भद्रपुर – जिल्ला विपद् व्यवस्थापन समिति झापाले सदरमुकाम चन्द्रगढीमा २७

भूकम्पबाट हुनसक्ने मानवीय कम गर्न भवन निर्माण ऐन कार्यान्वयनमा जोड

मोरङ– कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले भूकम्पबाट