एकै फिल्ममा देखिँदै शाहरुखका बाबु-छोरी  « Khabarhub

एकै फिल्ममा देखिँदै शाहरुखका बाबु-छोरी 


२८ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  फिल्म ‘किङ’मा बलिउड नायक शाहरुख खान र उनकी छोरी सुहानाको अभिनय रहने पक्का भएको छ । शाहरुखले भर्खरै एक अन्तरवार्तामा यसको पुष्टि गरेका हुन् । 

स्विट्जरल्याण्डमा जारी लोकार्नो फिल्म फेस्टिभलमा जिओनानाजारोसँगको कुराकानीमा  शाहरुखले आफ्नो आगामी फिल्म ‘किङ’ रहेको बताएका हुन् । यस फिल्ममा उनकी छोरी सुहाना यसअघि नै अनुबन्ध भइसकेकी छन् । यस फिल्मको खलपात्रको भूमिकामा अभिषेक बच्चन रहेका छन् । 

यो शाहरुख र सुहानाको पहिलो सहकार्य हो । शाहरुखले यस फिल्ममा अनुबन्ध हुनुको कारणबारे पनि खुलासा गरेका छन् । पछिल्लो सात वर्षदेखि आफूले गर्न चाहेको कथा भएकाले यस फिल्ममा जोडिएको उनले बताए । 

‘म फिल्म गर्नुअघि साथीहरू र फिल्म क्षेत्रका मान्छेहरूलाई यस्तो कथामा काम गर्न मन छ भनेर कुरा राख्छु । उनीहरूले त्यहीअनुसारको कथा सुनाए भने काम गर्छु,‘  उनले भने, ‘म पछिल्लो ७ वर्षदेखि उमेर केन्द्रित फिल्म गर्न चाहिरहेको थिएँ । सुयोगले घोशले मेरो अफिसमा आएर तपाईंले खोजे जस्तो कथा छ भन्नुभएको थियो ।’

 ‘किङ’का लागि शाहरुखले तौल घटाउनुपर्ने छ । यसलाई शाहरुखले चुनौतीपूर्ण कामका रुपमा लिएका छन् । उनी भन्छन्, ‘एक्सन गर्दा ढाड नदुखोस् भनेर मैले त्यसको तयारी पनि गर्नुछ ।’

यो फिल्म शाहरुखको प्रोडक्सन कम्पनी रेड चिल्ली र मार्फिलिक्सको सहकार्यमा बन्न लागेको हो । सुयोगको लेखन र निर्देशन रहने यो फिल्म  एक्सन जनरामा आधारित रहने छ ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ४ : ४८ बजे

सुदूरपश्चिम रोयल्समा न्युजिल्याण्डका स्कट कुगेलेइन अनुबन्ध

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम

रास्वपा सांसदकै आक्रोश : मन्त्रीलाई सामान्य रुघा लाग्दा हेलिकप्टर, जनतालाई अस्पतालमा छैनन् डक्टर

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पारशमणि गेलालले भौतिक मन्त्री सुनिल

पत्रकार किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण मुद्दामा बहस सकियो, फैसलाको प्रतिक्षा

काठमाडौं– पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध परेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सर्वोच्च अदालतमा

विधेयकमा ‘वेश्यावृत्ति’ शब्द राखिएकामा सांसद अधिकारीको आपत्ति

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् लिमा अधिकारी

काभ्रे जीप दुर्घटना : मृतकको पहिचान खुल्यो, घाइतेलाई धुलिखेल अस्पताल ल्याइयो

काभ्रेपलाञ्चोक– खानीखोला गाउँपालिका–१ स्याउथलीमा आज मध्याह्न भएको जीप दुर्घटनामा मृत्यु भएका