एकै फिल्ममा देखिँदै शाहरुखका बाबु-छोरी  « Khabarhub

एकै फिल्ममा देखिँदै शाहरुखका बाबु-छोरी 


२८ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  फिल्म ‘किङ’मा बलिउड नायक शाहरुख खान र उनकी छोरी सुहानाको अभिनय रहने पक्का भएको छ । शाहरुखले भर्खरै एक अन्तरवार्तामा यसको पुष्टि गरेका हुन् । 

स्विट्जरल्याण्डमा जारी लोकार्नो फिल्म फेस्टिभलमा जिओनानाजारोसँगको कुराकानीमा  शाहरुखले आफ्नो आगामी फिल्म ‘किङ’ रहेको बताएका हुन् । यस फिल्ममा उनकी छोरी सुहाना यसअघि नै अनुबन्ध भइसकेकी छन् । यस फिल्मको खलपात्रको भूमिकामा अभिषेक बच्चन रहेका छन् । 

यो शाहरुख र सुहानाको पहिलो सहकार्य हो । शाहरुखले यस फिल्ममा अनुबन्ध हुनुको कारणबारे पनि खुलासा गरेका छन् । पछिल्लो सात वर्षदेखि आफूले गर्न चाहेको कथा भएकाले यस फिल्ममा जोडिएको उनले बताए । 

‘म फिल्म गर्नुअघि साथीहरू र फिल्म क्षेत्रका मान्छेहरूलाई यस्तो कथामा काम गर्न मन छ भनेर कुरा राख्छु । उनीहरूले त्यहीअनुसारको कथा सुनाए भने काम गर्छु,‘  उनले भने, ‘म पछिल्लो ७ वर्षदेखि उमेर केन्द्रित फिल्म गर्न चाहिरहेको थिएँ । सुयोगले घोशले मेरो अफिसमा आएर तपाईंले खोजे जस्तो कथा छ भन्नुभएको थियो ।’

 ‘किङ’का लागि शाहरुखले तौल घटाउनुपर्ने छ । यसलाई शाहरुखले चुनौतीपूर्ण कामका रुपमा लिएका छन् । उनी भन्छन्, ‘एक्सन गर्दा ढाड नदुखोस् भनेर मैले त्यसको तयारी पनि गर्नुछ ।’

यो फिल्म शाहरुखको प्रोडक्सन कम्पनी रेड चिल्ली र मार्फिलिक्सको सहकार्यमा बन्न लागेको हो । सुयोगको लेखन र निर्देशन रहने यो फिल्म  एक्सन जनरामा आधारित रहने छ ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ४ : ४८ बजे

म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो

म्याग्दी– यहाँको प्रमुख नगदे फलफूल बालीका रूपमा रहेको सुन्तलाको यस

चीनद्वारा दुई नयाँ उपग्रह अन्तरिक्षमा प्रक्षेपण

एजेन्सी – चीनले दक्षिणी टापु प्रान्त हैनानको वेन्चाङ अन्तरिक्ष प्रक्षेपण

खालिदा जियालाई राजकीय बिदाइ

ढाका– बङ्गलादेशले बुधबार पूर्वप्रधानमन्त्री बेगम खालिदा जियालाई राजकीय सम्मानका साथ

गायत्री मन्दिर क्षेत्रमा कटान रोकथाम  गर्न काम थालियो

म्याग्दी– जिल्लाको रघुगङ्गा गाउँपालिका–३ स्थित कालीगण्डकी र राहुघाट नदीको दोभानमा

बागलुङमा उत्पादित कागतीले बजार नपाउँदा किसान समस्यामा

ढोरपाटन– पछिल्लो समय बागलुङका किसान कागतीखेतीतर्फ आकर्षित हुँदै गएका छन्