आठ महिनाअघि बेपत्ता मीनासँग मिल्दोजुल्दो कंकाल गाडिएको अवस्थामा भेटियो « Khabarhub

आठ महिनाअघि बेपत्ता मीनासँग मिल्दोजुल्दो कंकाल गाडिएको अवस्थामा भेटियो


२८ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21k
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- म्याग्दी सदरमुका बेनी नगरपालिका-९,आँखखेत कालीमुलकी युवती मीना परियारसँगक मिल्दोजुल्दो कंकाल गाडेको अवस्थामा भेटिएको छ ।

२०८० पुस १६ गते रातिदेखि बेपत्ता १९ वर्षीया मीनाको हुलियासँग मिल्ने कंकाल र उनले प्रयोग गर्ने सामान प्रहरीले भेट्टाएको हो ।

गंगटा खोज्दै गएका स्थानीयबासीले आइतबार दिउँसो गाडेको अवस्थामा मानव कंकाल, चप्पल र कपडा भेट्टाएपछि प्रहरीलाई बोलाएका थिए ।

उनका आफन्तका अनुसार मीना बेपत्ता हुनुअघि लगाइरहेको सुनको सिक्री, जाडोयामको न्यानो कपडा र चप्पलका आधारमा गाडिएको अवस्थामा भेटिएको कंकाल उनकै भएको निष्कर्ष निकालेका हुन् ।

स्थानीयले खबर गरेपछि आइतबार अपरान्ह जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठको नेतृत्व टोली पुगेको थियो ।

गाडिएको स्थानबाट प्रहरीले कंकाल र अन्य सामग्री संकलन गरेको थियो । प्रनाउ श्रेष्ठले स्थानीय सञ्चारकर्मीलाई बताएअनुसार कंकाल र अरु प्रमाण थप जाँच र परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमाडौंमा पठाउन लागिएको बताए ।

‘घटनाको अनुसन्धान थालेका छौँ । सोमबार नै भेटिएका सामान काठमाडौंस्थित प्रयोगशालामा पठाउँछौ । शवको एकीन भएपछि अन्य प्रक्रिया बढाउँछौँ’, उनले आइतबार नै भने,‘बरामद कंकाल, लगाएका भनिएका सामान र पीडित पक्षको उजुरीका आधारमा गम्भीर अनुसन्धान गरेर यथार्थ बाहिर ल्याउँछौँ ।’

कंकाल र अन्य सामग्रीका आधारमा गाडिएको शव मीनाकै भएको स्थानीयले बताएका छन् । मीना बेपत्ता हुनुअघि उनले एक तोलाको सिक्री किनेकी थिइन् । जाडोयाममा उनले बाक्लो लुगा लगाएकी थिइन् । मीनाले हराउनुअघि लगाएको कपडाको रंग पनि मिलेकाले कंकाल उनकै भएको स्थानीयको भनाइ छ ।

मीना हराएपछि उनको खोजीका लागि आफन्त र स्थानीय काठमाडौंसम्म पुगेका थिए । तत्कालीन गृहमन्त्री रवि लामिछाने, संघीय संसद्‍को राज्य व्यवस्था समिति सभापति रामहरि खतिवडा, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लगायतसम्म पुगेर आफन्तले अनुसन्धान गरिदिन भनेका थिए ।

२०८० पुस १६ गते राति घरबाटै बेपत्ता हुनु अघि बिहान ११ बजेसम्म मीना छिमेकी गाउँका युवा राम खत्रीसँग रहेको तथ्य प्रहरीले भेट्टाएको थियो ।

मीना गायब भएदेखि सदरमुकाम बेनीमा ‘कि सास चाहियो कि लास’ भन्दै आन्दोलन पनि गरिएको थियो । मीनाका बुवा ६० वर्षीय चन्द्र परियार र आमा ५९ वर्षीया भूलमाया परियारले छोरीको खोजीका लागि सबै प्रयास गरेका थिए ।

मीनासँग अन्तिम पटक सम्पर्कमा रहेका भनिएका युवक भने अहिले थुनामा छन् । खत्रीले मीनासँग प्रेम सम्बन्ध रहेको स्वीकारेका थिए । उनले मीनासँग यौन सम्पर्क राखेको स्वीकारे पनि बेपत्ता नबनाएको जिकिर गरेका थिए ।

मीना र खत्रीबीच सामाजिक सञ्जालमा कुराकानी भएको प्रमाण पनि प्रहरीले भेट्टाएको थियो । उनीहरूबीच शारीरिक सम्बन्ध भएको खत्रीले स्वीकारेका थिए । , मीना बेपत्ता हुँदाको बेला ६ महिने गर्भवती रहेको खुलेको छ । खत्रीले मीनासँग भागेर भारत छिर्ने कुरा भए पनि आफूले बेपत्ता बनाएको अस्वीकार गरेका थिए ।

मुलुकी अपराध संहिता २०७४ दफा २०७ को उपदफा १ बमोजिम बेपत्ता पार्ने अभियोगमा खत्रीलाई १५ वर्ष कैद र पाँच लाख रूपैयाँसम्म जरिवाना गरी पीडित पक्षलाई क्षतिपूर्ति भराउन माग गरिएको थियो । २० वर्षमुनिकी किशोरीसँग सहमतिमै सम्बन्ध राखे पनि कानुनले अपराध मान्छ । त्यही आधारमा खत्री अहिले थुनामा रहेका छन् ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ५ : २२ बजे

घुस रकमसहित प्रहरी निरीक्षक पक्राउ

धनुषा– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको मिथिला नगरपालिका–१० लालगढबाट सशस्त्र

इरानी क्षेप्यास्त्र प्रहारबाट बहराइनमा रहेको अमेजन क्लाउड संरचनामा क्षति

मनामाह- इरानी क्षेप्यास्त्र प्रहारका कारण बहराइनमा रहेको अमेरिकी प्रविधि कम्पनी

तस्बिरमा हेर्नुहोस् तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो

काठमाडौं– तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो बिहीबार चैत्र १९ देखि भृकुटीमण्डपमा

इरानद्वारा इजरायलमा नयाँ क्षेप्यास्त्र प्रहार

एजेन्सी– मध्यपूर्वमा जारी द्वन्द्व थप उग्र बन्दै जाँदा इजरायलमाथि इरानबाट

सुडानको अस्पतालमा ड्रोन आक्रमण, दश जनाको मृत्यु

एजेन्सी– मध्य सुडानको ह्वाइट नाइल राज्यको अल–जबालाइन अस्पताललाई लक्षित गरी