माछा खाएर बिरामी परेका तीन बालबालिकाको मृत्यु  | Khabarhub Khabarhub

माछा खाएर बिरामी परेका तीन बालबालिकाको मृत्यु 


२९ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

बारा – बारामा माछा खाएर बिरामी भएका एकै परिवारका तीन जना बालबालिकाको मृत्यु भएको छ । 

सिम्रौनगढ नगरपालिका झवानीटोलका नरेश रामका तीनजना छोराछोरीको मृत्यु भएको हो । उनका ९ वर्षीया छोरी लालिमा, ७ वर्षीया पुष्पा र ५ वर्षीय छोरा कृष्णनन्दन रामको सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । आइतबार घर नजिकैको पोखरीबाट ल्याइएको माछा र भात खाएर सपरिवार सुतेका थिए । 

राति नै बालबालिकालाई पेट दुख्ने, बान्ता हुने र झाडापखाला लाग्ने समस्या भएर सिकिस्त बिरामी परेका थिए । सिम्रौनगढ स्वास्थ्य क्लिनिकमा उपचारको लागि भर्ना गरिएका उनीहरूलाई त्यहाँबाट प्रादेशिक अस्पताल कलैया लगिएको थियो । 

उपचारको लागि लैजाँदै गर्दा लालिमाको बाटोमै र पुष्पा र कृष्णनन्दको कलैया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

तीनै जनाको शवको सोमबार नै कलैया अस्पतालमा पोस्टमार्टम गरी परिवारजनलाई बुझाएको प्रहरीले जनाएको छ । माछा विषाक्त भएका कारण उनीहरू बिरामी परेको प्रहरीको आशंका छ । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  १२ : ४१ बजे

आँधीपछि समुद्रमा ४० घण्टा विताएका तीन भियतनामी नागरिकको सकुशल उद्धार

हनोई – भियतनामको समुद्री तटबाट काल्मेगी आँधीपछि आएको बाढीले बगाएका

दिल्ली बिस्फोट अपडेटः ज्यान गुमाउनेको संख्या कम्तीमा १० पुग्यो

काठमाडौँ- भारतको दिल्लीमा रहेको ऐतिहासिक लाल किल्ला स्मारकमा रहेको मेट्रो

ताप्लेजुङमा नेपाल–भारत सीमा स्तम्भको संयुक्त अनुगमन

ताप्लेजुङ – नेपाल–भारत सीमाको ताप्लेजुङ–सिक्किम खण्डमा संयुक्त अनुगमन र गस्ती

दिल्ली विस्फोटमा ज्यान गुमाउनेप्रति मोदीद्वारा दु:ख व्यक्त

काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीमा सोमबार साँझ भएको विस्फोटमा

अफगानिस्तानका पूर्वकप्तान नैब लुम्बिनीबाट एनपीएल खेल्ने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)का लागि लुम्बिनी लायन्सले अफगानिस्तानका