सानो भर्‍याङस्थित फर्निचर उद्योगमा आगलागी « Khabarhub

सानो भर्‍याङस्थित फर्निचर उद्योगमा आगलागी


२९ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिका— १५ सानो भर्‍याङस्थित एक काष्ठ उद्योगमा आगलागी भएको छ ।

आज राति ९ बजेको समयमा पृथ्वीबहादुर थापाले सञ्चालन गरेको ईचङ्गुनारायण काष्ठ उद्योगमा एक्कासी आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

अहिले ३ वटा दमकल (बौद्ध, बालाजु, जनसेवा)सहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने कार्य भइरहेको पनि उनले बताए। आगलागीको कारण खुलेको छैन ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  १० : ०४ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा