सुरक्षा जाँचका क्रममा नागरिकलाई सास्ती नहोस् : मुख्यमन्त्री कँडेल « Khabarhub

सुरक्षा जाँचका क्रममा नागरिकलाई सास्ती नहोस् : मुख्यमन्त्री कँडेल


३० श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सुरक्षा जाँचका क्रममा आम नागरिकले दुःख नपाउन भन्नेतर्फ सुरक्षा निकाय सधैँ सचेत रहनुपर्नेमा जोड दिएका छन् ।

यातायात क्षेत्रका समस्याबारे प्रदेशस्थित सुरक्षा निकाय र यातायात व्यवसायीलगायत सम्बन्धित निकायका प्रतिनिधिहरूसँग मङ्गलबार भएको छलफलमा  मुख्यमन्त्री कँडेलले सुरक्षा संवेदनशीलतालाई दृष्टिगत  गरी नागरिक र व्यवसायी कसैलाई पनि असहज नहुनेगरी सुरक्षा जाँचको व्यवस्था मिलाउन निर्देशन दिए ।

उनले जनसेवालाई केन्द्रमा राखेर काम गर्न पनि निर्देशन दिए ।

उनले सुर्खेतबाट दैलेख हुँदै जुम्लासम्म पुग्दा १७ स्थानमा चेक प्वाइन्ट खडा गरिएको आफूले पाएको उल्लेख गर्दै यति धेरै स्थानमा सुरक्षा जाँच गर्नु उपयुक्त हो वा होइन पुनर्विचार गर्न सुरक्षा निकायलाई आग्रह गरे ।

प्रचलित कानुन उल्लङ्घन गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिँदै उनले कानुन कार्यान्वयनका नाममा जनताले अनाहकमा दुःख पाउनु नहुने बताए ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  ७ : १० बजे

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी