सुरक्षा जाँचका क्रममा नागरिकलाई सास्ती नहोस् : मुख्यमन्त्री कँडेल | Khabarhub Khabarhub

सुरक्षा जाँचका क्रममा नागरिकलाई सास्ती नहोस् : मुख्यमन्त्री कँडेल


३० श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सुरक्षा जाँचका क्रममा आम नागरिकले दुःख नपाउन भन्नेतर्फ सुरक्षा निकाय सधैँ सचेत रहनुपर्नेमा जोड दिएका छन् ।

यातायात क्षेत्रका समस्याबारे प्रदेशस्थित सुरक्षा निकाय र यातायात व्यवसायीलगायत सम्बन्धित निकायका प्रतिनिधिहरूसँग मङ्गलबार भएको छलफलमा  मुख्यमन्त्री कँडेलले सुरक्षा संवेदनशीलतालाई दृष्टिगत  गरी नागरिक र व्यवसायी कसैलाई पनि असहज नहुनेगरी सुरक्षा जाँचको व्यवस्था मिलाउन निर्देशन दिए ।

उनले जनसेवालाई केन्द्रमा राखेर काम गर्न पनि निर्देशन दिए ।

उनले सुर्खेतबाट दैलेख हुँदै जुम्लासम्म पुग्दा १७ स्थानमा चेक प्वाइन्ट खडा गरिएको आफूले पाएको उल्लेख गर्दै यति धेरै स्थानमा सुरक्षा जाँच गर्नु उपयुक्त हो वा होइन पुनर्विचार गर्न सुरक्षा निकायलाई आग्रह गरे ।

प्रचलित कानुन उल्लङ्घन गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिँदै उनले कानुन कार्यान्वयनका नाममा जनताले अनाहकमा दुःख पाउनु नहुने बताए ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  ७ : १० बजे

विगतका निर्णय उल्टाउन माग गर्दै डा. केसीले बुझाए प्रधानमन्त्रीलाई ज्ञापन पत्र 

काठमाडौं– चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले विगतमा स्वार्थ समूहको

जेन-जी आन्दोलनका नाममा देशलाई अस्थिरताको बाटोमा धकेल्ने प्रयास भयो : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेन-जी आन्दोलनका नाममा

आन्दोलनका नाममा उद्योगलाई निशाना बनाउनु दुःखद : अध्यक्ष ढकाल

धुलिखेल– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले कुनै पनि आन्दोलनका

खोरत रोगविरुद्ध निःशुल्क खोप अभियान सुरु

विराटनगर– कोशी प्रदेशलाई खोरेत रोगमुक्त बनाउने कार्यक्रमअन्तर्गत गाईभैँसी तथा चौपायालाई