यी चार सिमेन्ट कम्पनी : प्रिमियममा आईपीओ, तर प्रतिशेयर आम्दानी र नाफा भने कमजोर « Khabarhub

यी चार सिमेन्ट कम्पनी : प्रिमियममा आईपीओ, तर प्रतिशेयर आम्दानी र नाफा भने कमजोर


३१ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं सर्वसाधारणलाई साधारण शेयर (आईपीओ) प्रिमियम मूल्यमा निष्कासन गर्ने ४ वटा सिमेन्ट कम्पनीको वित्तीय विवरण भने राम्रो आएको छैन ।

 नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत भएका ४ सिमेन्ट कम्पनीले आर्थिक वर्ष २०८०-०८१ को वित्तीय विवरण सार्वजनिक गर्दा २ सिमेन्ट कम्पनीले नाफा कमाएका छन् भने २ कम्पनीको अवस्था घाटामा रहेको देखिएको छ ।

सोनापुर र घोराही सिमेन्ट घाटामा हुँदा सर्वोत्तम र शिवम् सिमेन्ट भने नाफामा छन् । तर, नाफामा भएको सिमेन्ट कम्पनीको पनि आर्थिक वर्ष २०७९-०८० को भन्दा नाफा घट्न पुगेको तथ्यांकले देखाएको छ ।

यो समाचार तयार पार्दासम्म सर्वोत्तम सिमेन्टको प्रतिशेयर मूल्य ९८० रुपैयाँ भन्दा बढी छ भने शिवम् सिमेन्टको ७५० रुपैयाँ भन्दा बढी छ । घाटामा रहेको सोनापुरको प्रतिशेयर मूल्य ८८० रुपैयाँ भन्दा बढी छ भने घोराहीको ६०५ रुपैयाँ भन्दा बढी छ । 

घाटामा सोनापुर सिमेन्ट

मिनरल्स एण्ड आयल लिमिटेड (सोना सिमेन्ट)को गत आर्थिक वर्षमा नाफा घटेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा ४६ करोड ९२ लाख ८६ हजार रुपैयाँ घाटा व्यहोरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७९-०८० मा भने २ करोड ६२ लाख ४६ हजार रुपैयाँ नाफा गरेको थियो । 

कम्पनीकाअनुसार कोइलाको मूल्यवृद्धि, इन्धन र बैंकको ब्याज चर्को भएका कारण नाफा घटेको कम्पनीले जनाएको छ । कम्पनीको नाफा घटेसँगै प्रतिशेयर नेटवर्थ, प्रतिशेयर आम्दानी समेत घट्न पुगेको छ ।

अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ ४२ पैसा रहेकोमा गत आवमा १५ रुपैयाँ २६ पैसा ऋणात्मक रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १६३ रुपैयाँ २४ पैसा रहेको छ । 

घोराही सिमेन्टको प्रतिशेयर आम्दानी ऋणात्मक

घोराही सिमेन्टले गत आर्थिक वर्ष २०८०-८१ को वित्तीय विवरण सार्वजनिक गर्दा कम्पनी १ अर्ब २१ करोड रुपैयाँ खुद नोक्सानीमा रहेको देखिन्छ । अघिल्लो आर्थिक वर्ष २०७९-८० मा कम्पनी ६ करोड ३१ लाख रुपैयाँ नाफामा रहेको थियो ।

बजारमा सिमेन्टको मागभन्दा उत्पादन धेरै भएकाले प्रतिस्पर्धा बढेको, बिक्रीदर घटेको र लागतमा भएको वृद्धिले आम्दानी घट्न गएको कम्पनीले जनाएको छ । कम्पनीको प्रतिशेयर आम्दानी २६ रुपैयाँ ६८ पैसा ऋणात्मक छ भने प्रतिशेयर नेटवर्थ २०७ रुपैयाँ ९३ पैसा रहेको छ । 

घट्यो सर्वोत्तम सिमेन्टको प्रतिशेयर आम्दानी

सर्वोत्तम सिमेन्टको गत आवको वित्तीय विवरण सार्वजनिक गर्दा नाफा घटेको छ । अघिल्लो आवको तुलनामा कम्पनीको नाफा १८.५१ प्रतिशतले घटेको हो । सर्वोत्तमले अघिल्लो आव ०७९८० मा २१ करोड ३८ लाख ६७ हजार रुपैयाँ नाफा गरेकोमा गत आवमा भने १७ करोड ४२ लाख ८६ हजार रुपैयाँ मात्र नाफा गरेको छ ।

नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । अघिल्लो आवमा ५ रुपैयाँ २८ पैसा रहेको कम्पनीको प्रतिशेयर आम्दानी घटेर गत आवमा ३ रुपैयाँ ७५ पैसा मात्र रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ भने १९८ रुपैयाँ ८३ पैसा रहेको छ । 

शिवम् सिमेन्टको पनि नाफा घट्यो

शिवम् सिमेन्टको पनि गत आर्थिक वर्षमा नाफा घटेको छ । आर्थिक वर्ष २०७९-८० मा ५९ करोड ४७ लाख ८३ हजारा नाफा गरेकोमा गत आवमा ५७.९३ प्रतिशतले नाफा घटेर २५ करोड २ लाख २२ हजार रुपैयाँ मात्र गरेको छ । 

शिवम् सिमेन्टको खर्च ४.१८ प्रतिशतले घटेपनि नाफापनि घट्न पुगेको आर्थिक विवरणले देखाएको छ । कम्पनीको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ९८ पैसा मात्र रहेको छ भने प्रतिशेयर नेटवर्थ १८९ रुपैयाँ ०२ पैसा रहेको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहीबार  २ : ५८ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर