गठ्ठाघर दुर्घटना : ट्रक चालक पक्राउ « Khabarhub

गठ्ठाघर दुर्घटना : ट्रक चालक पक्राउ


३१ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भक्तपुरको गठ्ठाघरमा दुर्घटना गराउने ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

सर्लाहीको मलंगवा घर भएका ३२ वर्षीय सतेन्द्र श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

ना. ६ ख २१७३ नम्बरको ट्रकले रोकिरहेको बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिएपछि करिब सय मिटरसम्म घिसारेको थियो ।

दुर्घटनापछि स्थानीयले सडक अवरुद्ध गरेका थिए । ट्रकले स्कुटरलाई ठक्कर दिएपछि सोहोरेर लैजाँदा स्कुटरमा सवार व्यक्तिको शरीर क्षतविक्षत भएको थियो ।

त्यसपछि आक्रोशित स्थानीय प्रदर्शनमा उत्रिएका थिए । त्यहाँ प्रहरी र सशस्त्र प्रहरीसमेत तैनाथ गरिएको थियो ।

ट्रकमा तोडफोड गर्ने समूहले आगो लगाउन खोजेपछि प्रहरीले रोकेको थियो । त्यसक्रममा प्रदर्शनकारीले ढुंगामुढा गरेपछि प्रहरीले अश्रुग्यास हानेको थियो ।

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहीबार  १० : १९ बजे

शीतलहरका कारण वीरगञ्ज महानगरमा दुई दिन बिदा

पर्सा – वीरगञ्ज महानगरपालिकाले शीतलहर चलेसँगै थप दुई दिन विद्यालयको

महोत्तरीका उखु किसानलाई धपेडी

महोत्तरी– महोत्तरीका उखु किसानलाई अहिले धपेडी छ । चैतेबाली लगाउने

‘मैथिली समाज र सभ्यताले सहअस्तित्वमा विश्वास गर्छ’

विराटनगर– मधेस प्रदेशका प्रमुख डा सुरेन्द्र लाभले मैथिली समाज र

प्रधानमन्त्री र शीर्ष नेताबीचको छलफलमा चुनाव गर्ने समझदारी भएको छ : मन्त्री खरेल

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रधानमन्त्री सुशीला कार्की