परराष्ट्रमन्त्री राणा आज भारत भ्रमणमा जाँदै « Khabarhub

परराष्ट्रमन्त्री राणा आज भारत भ्रमणमा जाँदै


२ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आज छिमेकी मित्रराष्ट्र भारत भ्रमणमा जाँदै छिन् ।

भारतीय समकक्षी डा. एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा मन्त्री राणा पाँच दिनको भ्रमणका लागि त्यसतर्फ जान लागेकी हुन् ।

परराष्ट्रमन्त्री भएपछि राणाको यो पहिलो भारत भ्रमण हो । भ्रमणमा राणासँगै परराष्ट्र मन्त्रालयको दक्षिण एसिया डिभिजनका भृगु ढुंगाना पनि जाने छन् ।

भ्रमणका क्रममा दुई देशबीचको आपसी हित, पारस्परिक सम्बन्ध अझै प्रगाढ तुल्याउने तथा नेपाल–भारतबीचको सहकार्य प्रवर्द्धननबारे छलफल हुने बताइएको छ ।

परराष्ट्रमन्त्री राणा यही भदौ ६ गते स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 

 

प्रकाशित मिति : २ भाद्र २०८१, आइतबार  ७ : १० बजे

मधेस प्रदेश सभामा आज सभामुख चयन गरिँदै

काठमाडौं– मधेस प्रदेश सभामा आज सभामुख पदका लागि निर्वाचन हुँदैछ

भारतको विश्वकप टिममा किन परेनन् शुभमन् गिल ?

काठमाडौं – आगामी आइसिसी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा

आजको मौसम : पश्चिमी वायुको प्रभाव, तराई क्षेत्रमा हुस्सु

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एसिया कप फाइनलमा आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं – दुवईमा जारी यू-१९ एसिया कपको फाइनलमा आज भारत

प्रिमियर लिग : एभर्टनलाई हराउँदै आर्सनल शीर्ष स्थानमा

काठमाडौं – इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनल