प्रभासलाई कपिलको प्रश्न – एक दिनका लागि प्रधानमन्त्री बन्नुभयो भने के गर्नुहुन्छ? « Khabarhub

प्रभासलाई कपिलको प्रश्न – एक दिनका लागि प्रधानमन्त्री बन्नुभयो भने के गर्नुहुन्छ?


६ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतीय टिभी च्यानलबाट प्रशारण हुने द कपिल शर्मा शोमा यसपटक बाहुबली स्टार प्रभासको उपस्थिति थियो । फिल्मको प्रचारका लागि पूरै टिम उक्त शोमा पुगेका थिए ।

कपिल शर्माले अन्य अतिथिलाई जस्तै साहो टिमलाई खुबै हँसाएका थिए । यसैबीच कपिलले प्रभासलाई सोधे – एकदिन प्रधानमन्त्री बन्नुभयो भने के गर्नुहुन्थ्यो?

कपिल शर्माको यो प्रश्न सुनेर प्रभासले भने, ‘म फिल्म उद्योगमा अन्तर्वार्ता दिन बन्द गरिदिन्छु ।’

यो उत्तर सुनेर कपिल शर्मा पनि हाँसे । किनकि, उनी आफैले पनि अन्तर्वार्ता लिइरहेका थिए ।

कपिल शर्माको शोमा आएका निल नितिन मुकेश र श्रद्धा कपूरले पनि रमाइलो गरे । कपिलले यी सबैलाई प्रश्न सोधेका थिए । साहोको कुरा गर्नुपर्दा यो फिल्ममा दमदार एक्सन देख्न सकिनेछ । फिल्मका कारण प्रभासको राम्रो चर्चा छ ।

यो फिल्म आउँदो शुक्रबारदेखि प्रदर्शन हुँदैछ ।

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार  ५ : २९ बजे

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ – जापानमा जारी २० औँ संस्करणको एसियाली खेलकुदमा नेपाली

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ

मेसिन र औजारको पूजा पछाडि के छ रहस्य ? यस्तो छ विश्वकर्मा पूजाको धार्मिक कथा

काठमाडौँ – नेपालमा हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजा

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि

जापान र एसियन गेम्सका लागि भारतको टी-२० टोली घोषणा, श्रेयस अय्यर कप्तान

काठमाडौँ – जापानविरुद्धको शृङ्खला र आगामी एसियाली खेलकुद (एसियन गेम्स)