गलत खोपका कारण ज्यान गुमाएका डोटीका ४ परिवारलाई ४० लाख | Khabarhub Khabarhub

गलत खोपका कारण ज्यान गुमाएका डोटीका ४ परिवारलाई ४० लाख


६ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले साउन महिनामा मात्रै आर्थिक सहायताका नाममा एक करोडभन्दा बढी रकम वितरण गरेको छ ।

गत साउन ६ र १६ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार भन्दै गृहमन्त्रालयले आर्थिक सहायताका नाममा सो रकम बराबरको आर्थिक सहायता वितरण गरेको हो ।

जस अन्तर्गत मानवअधिकारवादी नेता टेकनाथ रिजाल सहितका १२ जनालाई ५९ लाख रुपैयाँ प्रदान गरेको छ भने गलत खोपका कारण ज्यान गुमाएका डोटी पूर्वी चौकी–५ का ४ जना बालबालिकाको अभिभावकलाई प्रतिपरिवार १० लाखका दरले ४० लाख रुपैयाँ सहायता वितरण गरेको हो ।

दादुराको खोपका कारण  २०६८ सालमा डोटीमा ४ जना बालबालिकाको मृत्यु भएको थियो । बालबालिकाको गलत खोपका कारण ज्यान गएपछि सर्वोच्च अदालतले क्षतिपुर्तिवापत् रकम दिन सरकारका नाममा आदेश जारी गरेको थियो ।

त्यसैगरी, सरकारले वाणिज्य तथा आपुर्तिमन्त्री मातृका यादवको नेतृत्वमा रसिया भ्रमणका लागि ३ लाख १३ हजार ४ सय २५ रुपैयाँ खर्च गरेको छ । मन्त्री यादव भने अस्वस्थ भएका कारण रसिया भ्रमणमा जान सकेका थिएनन् ।

सरकारले साउन महिनामा प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार वितरणका लागि १० लाख र सरकारी, गुठी र सार्वजनिक जग्गा संरक्षण सम्बन्धी जाँचबुझ आयोगका लागि ४७ लाख ६५ हजार १ सय ८७ रुपैयाँ रकमान्तर गरेको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार  ७ : ०४ बजे

बजेट अभावमा ‘आमा सुरक्षा कार्यक्रम’ प्रभावित

काभ्रेपलाञ्चोक – बजेट अभावका कारण बनेपास्थित शिर मेमोरियल अस्पतालमा सञ्चालित

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय समिति बैठक बिहीबार दिउँसो बस्दै

सञ्चार सुविधा नहुँदा पर्यटकलाई सास्ती

बेनी – अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार

आज देशभर मौसम सफा रहने

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले हाल देशभर कुनै

चैतमा फुल्ने ‘पलम’ असोजमै फुल्यो

दाङ – दाङको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा असोजमै पलमको फूल फुलेको