साफ यु–२० च्याम्पियनसिप : आज बंगलादेश र श्रीलंका भिड्ने « Khabarhub

साफ यु–२० च्याम्पियनसिप : आज बंगलादेश र श्रीलंका भिड्ने


४ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साफ यु–२० च्याम्पियनसिप फुटबलमा आज समूह ‘ए’ का बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो ३ बजे सुरु हुनेछ ।

जारी च्याम्पियनसिपमा बंगलादेशले पहिलो खेल खेल्न लागेको हो भने श्रीलंकाले दोस्रो खेल खेल्दैछ । श्रीलंका पहिलो खेलमा नेपालसँग १–० गोलले पराजित भएको थियो ।

आजको खेलमा श्रीलंका जित्नै पर्ने दबाबमा छ । आज पराजित भएको खण्डमा श्रीलंका समूहचरणबाटै बाहिरिनेछ ।

श्रीलंका पराजित हुँदा वा बराबरीमा मात्रै सिमित रहँदा पनि नेपाल भने एक खेल अगावै सेमिफाइलनमा प्रवेश गर्नेछ ।

समूहमा नेपालको तीन अंक छ । नेपालले समूहको दोस्रो खेल बिहीवार बङ्गलादेशसँग खेल्नेछ ।

च्याम्पियनसिपमा ६ टोली सहभागी छन् । जसमा नेपाल रहेको समूह ‘ए’ मा बंगलादेश र श्रीलंका तथा समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान छन् । दक्षिण एसियाली टोलीको प्रतिस्पर्धामा पाकिस्तान भने सहभागी छैन ।

सोमबार भएको समूह ‘बी’ को खेलमा साविक विजेता भारतले भुटानलाई १–० गोलले हराएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलबार  ९ : ३१ बजे

गोदावरी मार्बलको खण्डहर स्वरुप (तस्बिर)

काठमाडौँ– उद्योगका याद विस्मृत भएका छैनन् । कुन कुनामा के

सुनसरीमा कर्फ्यु हट्यो, निषेधाज्ञा यथावत

सुनसरी– जिल्ला प्रशासन कार्यालय सुनसरीले यही साउन १२ गतेदेखि जिल्लाका

रुइला र ङुइला नाका खुलेपछि स्थानीय हर्षित

काठमाडौँ– चीनको स्वशासित क्षेत्र सिजाङ (तिब्बत)सँग जोडिएका रुइला र ङुइला

दुबईस्थित नेपाली महावाणिज्यदूतावासको सेवा प्रभावकारिताबारे छलफल

दुबई– संयुक्त अरब इमिरेट्स (युएई) को दुबईस्थित नेपालको महावाणिज्यदूतावासले सेवा

निजी लगानीकर्तालाई शेयर बेच्ने फिफाको योजना रद्द

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप र आफ्ना प्रमुख