साफ यु–२० च्याम्पियनसिप : आज बंगलादेश र श्रीलंका भिड्ने | Khabarhub Khabarhub

साफ यु–२० च्याम्पियनसिप : आज बंगलादेश र श्रीलंका भिड्ने


४ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साफ यु–२० च्याम्पियनसिप फुटबलमा आज समूह ‘ए’ का बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो ३ बजे सुरु हुनेछ ।

जारी च्याम्पियनसिपमा बंगलादेशले पहिलो खेल खेल्न लागेको हो भने श्रीलंकाले दोस्रो खेल खेल्दैछ । श्रीलंका पहिलो खेलमा नेपालसँग १–० गोलले पराजित भएको थियो ।

आजको खेलमा श्रीलंका जित्नै पर्ने दबाबमा छ । आज पराजित भएको खण्डमा श्रीलंका समूहचरणबाटै बाहिरिनेछ ।

श्रीलंका पराजित हुँदा वा बराबरीमा मात्रै सिमित रहँदा पनि नेपाल भने एक खेल अगावै सेमिफाइलनमा प्रवेश गर्नेछ ।

समूहमा नेपालको तीन अंक छ । नेपालले समूहको दोस्रो खेल बिहीवार बङ्गलादेशसँग खेल्नेछ ।

च्याम्पियनसिपमा ६ टोली सहभागी छन् । जसमा नेपाल रहेको समूह ‘ए’ मा बंगलादेश र श्रीलंका तथा समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान छन् । दक्षिण एसियाली टोलीको प्रतिस्पर्धामा पाकिस्तान भने सहभागी छैन ।

सोमबार भएको समूह ‘बी’ को खेलमा साविक विजेता भारतले भुटानलाई १–० गोलले हराएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलबार  ९ : ३१ बजे

नाडा अटो शो आजदेखि, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

काठमाडौं– अटोमोवाइल्स् एशोसिएशन अफ नेपाल (नाडा) अटो शो–२०२५ आज (मंगलबार)देखि

कोशी र बागमतीका पहाडी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मनसुनको

टप टी-२० सिरिज: आज होबर्ट हुरिक्यान्ससँग भिड्दै नेपाल

काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी–२० सिरिजमा

मलाइका अरोराले खुलाइन् असफल विवाह, प्रेमप्रतिको विश्वास र अनुभव

काठमाडौं – बलिउड अभिनेत्री मलाइका अरोराले आफ्नो व्यक्तिगत जीवनबारे खुलेर

कानून र अर्थसमितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेको विभिन्न दुईवटा समितिको बैठक बस्दैछ